मुलुक

घनश्याम भुसालद्वारा एमाले परित्याग गरेकाे घाेषणा

काठमान्डौ २२ असोज ।  नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन् । एमालेले प्रतिनिधि सभाको उम्मेदवार नबनाएपछि एमाले नेता घनश्याम भुसालले एमाले छाडेको घोषणा गरेका हुन् ।    उनले शनिबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् । भुसाललले पाटीमा केपी शर्मा ओलीको दम्भ... पुरा पढ्नुहोस

एमाले म्याग्दीबाट प्रतिनिधिसभामा श्रेष्ठ, प्रदेशमा कटुवाल र गर्वुजा उम्मेदवार चयन

म्याग्दी २२ असोज । मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा (एमाले)ले म्याग्दीको प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ , प्रदेशसभा (क) मा देवेन्द्रबहादुर कटुवाल र प्रदेशसभा (ख) मा याम गर्वुजालाई उम्मेदवार बनाउने भएको छ । प्रतिनिधिसभामा एमाले म्याग्दीले पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका श्रेष्ठको एकल नाम सिफारिस गरेको थियो... पुरा पढ्नुहोस

घनश्याम भुसाललाई पनि दिएन एमालेले टिकट

काठमाण्डौ २१ असोज ।   नेकपा एमालेले पूर्व उपाध्यक्ष भीम रावलपछि पूर्व उपमहासचिव घनश्याम भुसाललाई पनि टिकट दिएन । एमालेले रावलको क्षेत्रमा झपट बोहोरालाई टिकट दिएको छ भने भुसालको क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्ने भएको छ ।   एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विकलाई प्रदेशका सबै... पुरा पढ्नुहोस

गोरखा २ मा प्रचण्डविरुद्ध एमाले अब्दुस मियाँ उम्मेदवार

  २१ असोज, काठमाडौं । नेकपा एमालेले गोरखा क्षेत्र नं. २ मा अब्दुस मियाँलाई टिकट दिएको छ । पूर्वआईजीपी सवेन्द्र खनालसँगै ६ असोजमा एमाले प्रवेश गरेका मियाँलाई एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध गोरखामा उठाउने निर्णय गरेको हो । ३० वर्षीय मियाँ रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीति... पुरा पढ्नुहोस

१० भाईमाथि ओलीको डण्डा ,भीम रावलको टिकट खोसेर झपट बोहोरा बने उम्मेदवार

काठमाडौं ,२१ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले तत्कालिन माधव कुमार नेपाल समुहमा रहेर दश बुँदे मार्फत पाटीमा अाएका दश भाइमाथि टिकट वितरणमा डण्डा चलाएका छन् । केही समय अघी माफि नमागेसम्म टिकट नदिने भनेर अडान लिएका अाेलीले टिकट वितरणमा दश भाइलाइ पेल्ने संकेत गरेका छन् । नेकपा एमालेका... पुरा पढ्नुहोस

पहिराले दसैँका बेला घर छाडेर भागाभाग

बागलुङ २१ असाेज । बागलुङ नगरपालिका वडा नंं ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो । महिना दिनदेखि निरन्तर बगेको पहिरोका कारण यहाँका दर्जनौँ घरपरिवारले दसैँको टीकासमेत आफ्नो घरमा बसेर लगाउन पाएनन् । भदौको १९ गतेदेखि जमिन चिरा परेको र २१ गते अविरल वर्षात्पछि जमिन बग्न थालेको थियोे... पुरा पढ्नुहोस

राप्रपाले उम्मेदवारको नाम टुङ्गो लगायो

काठमाण्डाै २१ असाेज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सबै जिल्ला कार्य समितिले दुवै निर्वाचनका लागि पठाएका करिब सात सय उम्मेदवारमध्येबाट प्रतिनिधिसभामा एक सय ६५ र प्रदेशसभामा तीन... पुरा पढ्नुहोस

सडक अवरुद्ध हुँदा दसैँ मनाउन आएका गाउँमै रोकिए

ढोरपाटन, २१ असोज : तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण बागलुङका ग्रामीण तथा मुख्य सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा दसैँ मनाउन गाउँ आएका मानिस बजार फर्किन पाएका छैनन् । निरन्तर भारी वर्षा हुँदा सडक खुलाउनसमेत समस्या भएको छ । वर्षाले जिल्लाका १० वटै स्थानीय तहका ग्रामीण सडक... पुरा पढ्नुहोस

प्रत्यक्षतर्फ उम्मेदवारी दिन दुई दिन बाँकी, दलहरु भागबण्डामै व्यस्त

काठमाण्डाै २१, असाेज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न दुई दिन मात्र बाँकी छ । तर राजनीति दलहरु भने भागबण्डामै व्यस्त देखिएका छन् । निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता... पुरा पढ्नुहोस

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डाै २१ असाेज । हाल नेपालमा मध्य(पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा... पुरा पढ्नुहोस