अर्मन र कूईनेखानीका मतदातालाई विकासको खाका सुनाउँदै गठबन्धनका उम्मेदवार

  • १७ कार्तिक २०७९, बिहीबार
  • 529 पटक पढिएको

 

म्याग्दी, १७ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरूले अर्मन कुईनेमा घरदैलो कार्यक्रम गरेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा (खमविर) र प्रदेशसभा सदस्य क्षेत्र नं २ का उम्मेदवार नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक सुविन जुग्जालीले मंगला गाउँपालिका वडा नं ५ अर्मनमा र प्रदेश १ का उम्मेदवार हरि भण्डारीले ठाडखानी र कूईनेखानीमा बुधबार घरदैलो गरेका छन् ।


घरदैलो अभियान सहित खेतबारीमा रहेका मतदातालाई भेट्दै उम्मेदवार गर्बुजाले पाँचबर्षमा म्याग्देली जनतालाई बिकासको अनुभुति दिलाउने गरी काम गर्ने गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजय बनाउन अनुरोध गर्नुभयो । अब गटबन्धनको सरकार बनेमा ६५ वर्षमै वृद्ध भत्ता, ३ वर्ष मुनि र ७३ वर्षमाथिका नागरिकलाई निःशुल्क उपचार, विपन्नलाई १० हजार किरिया खर्च, ५० युनिटसम्म विद्युत निःशुल्क जस्ता सुविधा दिने समेत गर्बुजाको भनाई थियो । जिल्लाभित्र सामानुपातिक बजेट वितरण, ग्रामिण क्षेत्रमा रहेका अति आवश्यक समस्याहरु समाधान सहितका कार्यहरुलाई पहिलो प्राथमिकता दिने प्रदेशसभा सदस्यका उम्मेदवार जुग्जालीले बताउनुभयो । मतदातालाई भेठघाट सहित घरदैलो अभियानको क्रममा प्राप्त सुझावलाई विजय भएपछि पहिलो प्राथमिकतामै कार्यान्वयन गर्ने बताउनुभयो ।


यसैबीच प्रदेशसभा क्षेत्र नं १ का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता हरि भण्डारीले रघुगंगा गाउँपालिका वडा नं ८ कुईने, वडा नं ६ ठाडाखानीमा घरदैलो अभियान गर्नुभएको छ । घरदैलो अभियानमा उम्मेदवार भण्डारीले प्रदेश सकारले यसअगाडी गरेका विकास निर्माणका गतिविधिलाई निरन्तरताका साथै जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । उहाँले यस क्षेत्रको सडकलाई गुणस्तर र यहाँको स्रोत साधनलाई प्रयोग गरेर युवालाई आत्मनिर्भर गराउने कामलाई प्राथमिकता दिने बताउनुभएको छ । घरदैलो अभियानमा नेपाली कांग्रेस रघुगंगाका पाटी सभापति मनकुमार शेरपुञ्ज, जिल्ला सदस्य सम्झना परियार र माओवादी केन्द्रका प्रदेश सदस्य रिमबहादुर कटुवाल, चिना हमाल लगायतको े उपस्थिती रहेको थियो ।