ठाडाखानी र कुईनेखानीका मतदातासंग उम्मेदवार भण्डारी

  • १७ कार्तिक २०७९, बिहीबार
  • 479 पटक पढिएको

 

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनको मिति नजिकिँदै जाँदा गठबन्धनका उम्मेदवारले गाउँगाउँमा पुगेर घरदैलोसहित मतदाता भेटघाटलाई तिव्रता दिएका छन् । गठबन्धनका प्रदेश सभा सदस्य क्षेत्र नम्वर १ का उम्मेदवार नेकपा (माओवादी केन्द्र) का युवा नेता हरि भण्डारीले रघुगंगा गाउँपालिका वडा नं ८ कुईने, वडा नं ६ ठाडाखानीमा घरदैलो अभियान गर्नुभएको हो ।

घरदैलो अभियानमा उम्मेदवार भण्डारीले प्रदेश सरकारले यसअगाडी गरेका विकास निर्माणका गतिविधिलाई निरन्तरताका साथै जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । उहाँले ठाडाखानी र कुइनेखानी क्षेत्रको सडकलाई स्तरोन्नती र यहाँको स्रोत साधनलाई प्रयोग गरेर युवालाई आत्मनिर्भर गराउने कामलाई प्राथमिकता राखेर काम गर्ने बताउनुभएको छ । घरदैलो अभियानमा नेपाली कांग्रेस क्षेत्र १ उपसभापति भवबहादुर भण्डारी, रघुगंगाका पाटी सभापति मनकुमार शेरपुञ्जा, जिल्ला सदस्य सम्झना परियार र माओवादी केन्द्रका प्रदेश सदस्य रिमबहादुर कटुवाल, चिना हमाल लगायतको उपस्थिती रहेको थियो ।