मुलुक

धवलागिरी गाउँपालिकामा थप बजेट पारित

  म्याग्दी, २६ पुष । धवलागिरी गाउँपालिकाले अठारौं गाउँसभाबाट चालु आर्थिक वर्ष २०७९÷०८० का लागि थप बजेट पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको रु. तीन करोड ३४ लाख ११ हजार ६२० बजेट विभिन्न योजना तथा कार्यक्रमलाई बिनियोजन गर्ने प्रस्ताव सर्वसहमतिमा पारित भएको हो ।“गत आर्थिक... पुरा पढ्नुहोस

बेनीमा खुल्ला सडक दौड प्रतियोगिता हुने

बेनी, २५ पुस। जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा जिल्लास्तरिय खुल्ला सडक दौड प्रतियोगिता हुने भएको छ । म्याग्दी महोत्सवको अवसरमा खेलकुद विकास समितिले पुरुष तथा महिला खुल्ला सडक दौड प्रतियोगिता आयोजना गरेको हो । माघ ६ गते हुने खुल्ला सडक दौड प्रतियोगितामा माघ ५ गतेभित्र प्रतियोगतामा सहभागिले नाम दर्ता... पुरा पढ्नुहोस

रघुगंगामा तुण्डी पावरका दुई जलविद्युत आयोजनाको काम धमाधम

कमल खत्री बेनी २४ पुस : म्याग्दीको रघुगंगा गाउँपालिकामा तुण्डी पावर कम्पनीले निर्माण सुरु गरेका दुई जलविद्युत आयोजनाको कामले तिब्रता पाएको छ । रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुईनेमंगलेमा ३७.५ मेगाघाट क्षमताको राहुघाट मंगले र सोहि जलविद्युतको पानीलाई पुनः प्रयोग गरेर वडा नम्बर ७ चिमखोला र वडा नम्बर ४ दग्नाममा... पुरा पढ्नुहोस

पर्यटकीय गन्तव्य बन्यो ‘तिलाचन ताल’

ढोरपाटन, २२ पुस . बागलुङको निसीखोला र रोल्पाको सुनछहारीको शिरमा छ तिलाचन ताल । चिसो मौसम, सिरसिर हावा र शान्त वातावरण यहाँको विषेशता हो । उच्च पहाडी क्षेत्र भए पन यहाँ समथर भू–भाग छ । तलतिर घना जङ्गल । यहाँबाट देखिने मनमोहक दृश्य साँच्चिकै मन लोभ्याउने छन् । दुई जिल्लाको... पुरा पढ्नुहोस

कोभिड–१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो

चितवन २२ पुस । कोभिड–१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७÷७८ मा ५६ हजार एक सय २३ जनाले सेवा लिएका छन् । सेवा लिनेमध्ये बहिरङ्ग सेवा नौ हजार दुई सय ९९, योग सेवा दुई हजार आठ... पुरा पढ्नुहोस

शालिग्राम शिला संरक्षणमा तीन जिल्लाको चासो

पर्वत २२ पुस । दुई प्रदेश र तीन जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको संरक्षणमा तीन जिल्लाले सक्रियता देखाएका छन् । गण्डकी र लुम्बिनी प्रदेश तथा स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थलमा रहेको शालिग्रामको संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्र बनाउन तीनवटै जिल्लाका सरोकारवालाले चासो देखाएका हुन् । तीनवटै जिल्लाका प्रमुख... पुरा पढ्नुहोस

आजको मौसम स् तराईका अधिकांश भूभागमा हुस्सु-कुहिरो

काठमान्डाै २२ पुस । देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु÷कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ । विभागले तराईका धेरै भू–भागमा बाक्लो हुस्सु लाग्ने, दैनिक जनजीवन र सडक तथा हवाई यातायात... पुरा पढ्नुहोस

जग्गा वर्गीकरण नहुँदा राजस्व घट्यो

बलेवा, २१ पुस । तोकिएको समयमा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा बागलुङमा राजस्व सङ्कलनमा कमी आएको छ । जिल्लाका दशवटै स्थानीय तहमा जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिएको छ भने कुनै एक कित्ता पूरैबाहेक बाँकी काम बन्द छ । जग्गाको कित्ताकाट रोकिँदा मालपोत कार्यालयमार्फत सङ्कलन हुँदै आएको राजस्वमा ४६ दशमलव ९८... पुरा पढ्नुहोस

गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान

पोखरा २१ पुस । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तीका लागि उहाँले आह्वान गर्नुभएको हो ।... पुरा पढ्नुहोस

गृहद्वारा दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द गर्न परिपत्र

काठमाण्डाै २० पुस । सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले प्रचलित कानूनविपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न आज ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरी निर्देशन दिएको... पुरा पढ्नुहोस