धवलागिरीका विपन्न १५ परिवारलाई “नेपाली सहयोगी मन”को सहयोग

  • १६ माघ २०७९, सोमबार
  • 513 पटक पढिएको

 

म्याग्दी १५ माघ। म्याग्दीको धवलागिरी गाउँपालिका का अति विपन्न  १५ परिवारलाई “नेपाली सहयोगी मन” ले खाद्यान्न सहयोग गरेको छ ।
श्रीपञ्चमी पर्वको अवसरमा धवलागिरी गाउँपालिका – ७ मच्छिममा भूमे युवा क्लवले आयोजना गरेको वडा स्तरीय खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा एक÷एक बोरा चामल सहित दाल, लगायतका खाद्यान्न वितरण गरिएको हो ।
विपन्न परिवार पहिचान गरेर  आप्रवासमा रहेका नेपालीहरुको संस्था नेपाली सहयोगी मनले पठाएको रकमबाट खाद्यान्न खरिद गरि उपलब्ध गराइएको भूमे युवा क्लवका सेरबहादुर छन्त्यालले जानकारी दिनुभयो ।
धवलागिरी गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्री र गाउँपालिकाको शिक्षा शाखा संयोजक गिरिप्रसाद छन्त्यालले खाद्यान्न वितरण गर्नुभएको थियो ।
विश्वका विभिन्न देशमा रहेका नेपाली हरु आवद्ध यस संस्थाले दुखमा र विपत्तिमा परेका नेपालीहरुलाई सहयाग गर्दै आएको संस्थाका सचिव माधव सुवेदीले बताउनुभयो । “सेवा नै धर्म हो” भन्ने मुल नारा बनाएको समूहले दुःखी, पिडीत, असहाय, बिरामी र प्राकृतिक प्रकोपमा परेका व्यक्तिहरुलाई आकस्मिक राहतको लागि सहयोग गर्दै आएको छ ।