पोखरामा सम्पन्न फुटसलमा रिभर सााइड बगरफाँट क्लवले जित्यो रु डेढ लाख पुरस्कार

  • १४ माघ २०७९, शनिबार
  • 407 पटक पढिएको

 

म्याग्दी १४ माघ । पोखरामा शनिवार सम्पन्न दुईवटा फुटसल प्रतियोगितामा म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट स्थित रिभर साइड बगरफाँट युवा क्लवले प्रथम र द्धितीय स्थान प्राप्त गर्दै रु १ लाख ५० हजार पुरस्कार जितेको छ ।

शनिवार सम्पन्न अविनास तामाङ प्रसिडेन्ट दोस्रो केआइईसी पोखरा फुटसल टुर्नामेण्टमा रिभरसाइड बगरफाँट युवा क्लवले प्रथम स्थान प्राप्त गर्न सफल भएको हो । पोखरा र पोखरा बाहिरका गरी २२ टिम सहभागि प्रतियोगितामा रिभर साइड बगरफाँट युवा क्लव प्रथम हुँदै रु १ लाख पुरस्कार प्राप्त गरेको क्लवका सहसचिव सचिन कार्कीले जानकारी दिनुभयो ।


त्यसैगरी पोखरास्थित भद्रकाली एफसी पोखराले आयोजना गरेको पहिलो भद्रकाली ओपन फुटसल प्रतियोगितामा द्धितीय स्थान प्राप्त गर्न सफल भएको छ । विभिन्न २४ टिम सहभागि उक्त प्रतियोगितामा दोस्रो भएको रिभर साइड बगरफाँट युवा क्लवले रु ५० हजार नगद सहित पुरस्कार प्राप्त गरेको हो ।

पछिल्लो समय बगरफाँटका युवाहरु संगठित भै खेलकुदका साथै अन्य सामाजिक र जनचेतनामूलक कामहरुमा लागेका छन् । यहाँका युवाहरुले कोरोना कालमा घरघरमा पुगेर औषधी,मास्क,स्यानिटाइजर लगाएतका सामाग्रीहरु वितरण गर्नेदेखि लिएर अस्पताल सम्म लगेर उपचार गराएर ल्याउने समेत गरेका स्थानीयले बताएका छन् ।