फिचर

घुम्ती गोठलाई चरण क्षेत्रमा घाँसको अभाव बढ्दै

  म्याग्दी, ११ जेठ । म्याग्दीमा घुम्ती गोठलाई चरीचरणमा घाँसको अभाव बढ्दै गएको छ । घुम्ती गोठमार्फत भेडापालन गर्दै आएका कृषकलाई चरीचरण क्षेत्रमा नजाती( पुशपन्छीले नखाने) घाँस उम्रने फैलने क्रम बढ्दोले पशुपन्छीलाई आहाराको अभाव बढ्दै गएको हो । पुरानो चरीचरणमा क्षेत्रमा वनजंगल बढ्नु, अनावश्यक नखाने घासँ फैलनु, जनावर पाल्ने क्रम... पुरा पढ्नुहोस

नीलगिरि खोलामा निर्माधिन दुईवटा जलविद्युत आयोजना अन्तिम चरणमा

  म्याग्दी, १० जेठ ।अन्नपूण गाउँपालिका– ४ नारच्याङस्थित नीलगिरि खोलामा ११० मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजना निर्माणको ८० प्रतिशत काम सकिएको छ । अन्नपूर्ण र नीलगिरि हिमालबाट बगेर आउने नीलगिरि खोलामा ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो र ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजना निर्माणाधिन छन् । विस २०७६... पुरा पढ्नुहोस

म्याग्दीमा १० करोड ९५ लाख राजश्व संकलन

  म्याग्दी, १० जेठ । म्याग्दीमा १० करोड ९५ लाख ९३ हजार ९ सय रुपैयाँ राजश्व संकलन भएको छ । चालू आर्थिक वर्षको जेठ ९ गते वा १० महिनाको अवधिमा संघ र प्रदेश सरकारको कार्यालयबाट सो रकमको राजश्व संकलन भएको हो । जिल्लामा संघ सरकारबाट ८ करोड ४२ लाख ३३... पुरा पढ्नुहोस

पर्यटकको आकर्षण बन्यो अन्नपूर्ण आधार शिविरको ‘पञ्चकुण्ड ताल’(फोटो फिचर)

कमल खत्री बेनी, १० जेठ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ पर्यटकको आकर्षण बनेको छ । समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाईमा करिब २० हजार बर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको... पुरा पढ्नुहोस

बेनीमा बालअधिकार सम्वन्धी अभिमुखीकरण

म्याग्दी, ९ जेठ । बेनीमा बाल अधिकार सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ। सामाजिक विकास कार्यालयको आयोजनामा सोमबार जिल्ला बाल सञ्जाल स्थानीय तथा जिल्ला बाल अधिकार समितिका पदाधिकारी एवं सरोकारला निकायका पदाधिकारीहरुलाई सोमबार अभिमुखीकरण गरिएको हो । अभिमुखकीरण कार्यक्रममा जिल्ला न्यायाधीस कृष्णप्रसाद नेपालले बाल अनुकुल न्याय सम्वन्धी, स्रेस्तेदार तेजप्रसाद पौडेलले स्थानीय... पुरा पढ्नुहोस

मौरिस हर्गोज पदमार्गको प्रर्वद्धन टोली अन्नपूर्ण आधार शिविर प्रस्थान

  अन्नपूर्ण ५ जेठ । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा रहेको यो हिमाल आठ हजार ९१ मिटर अग्लो छ । नारच्याङ देखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रर्वद्धनका लागि जनप्रतिनिधि,... पुरा पढ्नुहोस

स्थानीय तहका विषयगत समितिलाई क्षमता विकास सम्वन्धी प्रशिक्षण

  म्याग्दी, ३ जेठ । म्याग्दीमा स्थानीय तहका विषयगत समितिका पदाधिकारीलाई क्षमता विकास तालिम प्रदान गरिएको छ। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा स्थानीय तहका विषयगत समितिका रहेका जनप्रतिनिधिहरुलाई क्षमता विकास सम्वन्धी जिसस सभाहलमा तालिम संचालन गरिएको हो । दुई दिनसम्म (बुधबार र बिहिबार) संचालन... पुरा पढ्नुहोस

मराङमा वडा कार्यालय भवन निर्माण शुरु

  म्याग्दी, २ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वडा कार्यालय भवन निर्माण शुरु भएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सोमबार भवनको शिलन्याश गर्नुभएको हो । चार कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ । रु. एक करोड लागत अनुमान गरिएको भवन निर्माणका लागि पि... पुरा पढ्नुहोस

कालिसारमा लालीगुराँस पार्क

  म्याग्दी, १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ कालिसारस्थित घना जंगलको विचमा लालीगुराँस पार्कको पूर्वाधार निर्माण भईरहेको छ। घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले पार्क निर्माण कार्य अघि बढाईएको हो । डिभिजन वन कार्यालयबाट विनियोजित बजेटमार्फत पर्यटक रमाउने पूर्वाधार निर्माण गरिरहेको घोडेपानी होटल ब्यवसायी एवम् लालीगुराँस... पुरा पढ्नुहोस

दन्तेलहर हिमालको अवलोकन गर्न ‘मोहरेडाँडा’मा पर्यटक बढे

बेनी, २८ बैशाख । घना जंगलको शीरमा रहेको धुरीबाट दन्तेलहर जस्तै हिमालहरु देखिन्छन् । समुन्द्र सतहदेखि तीन हजार ३१३ मिटर उचाईमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा अवस्थित ‘मोहरेडाँडा’ बाट देखिने हिमशृङ्खलाको यो दृष्यले पर्यटकहरुलाई मोहनी लगाउने गरेको छ । दर्जन बढी हिमालहरुलाई एउटै प्राकृतिक भ्यू पोइन्टबाट अवलोकन गर्न सकिने भएकाले... पुरा पढ्नुहोस