फिचर

गण्डकी प्रदेशस्तरीय ठेलो प्रतियोगिता उपाधी पर्वतले जित्यो

  म्याग्दी, २० जेठ । म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा भएको गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो(छेलो) प्रतियोगिताको उपाधी पर्वतले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको गुरगुरे ठेलो प्रतियोगिताको प्रथम, द्वितिय र तृतिय उपाधी पर्वतले जितेको हो । म्याग्दीसंगै पर्वत र बागलुङका ११ जना खेलाडी सहभागि भएको ठेलो प्रतियोगितामा... पुरा पढ्नुहोस

जामुनाखर्क माविमा शैक्षिक महोत्सव सुरु

म्याग्दी, १९ जेठ । “शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवद्र्धन, हाम्रो अभियान” भन्ने मुल नारासहित बेनी नगरपालिका–६ स्थित अथुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा दोस्रो शैक्षिक महोत्सव सुरु भएको छ। शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउने उद्देश्यले शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेश सरकारकी सामाजिक... पुरा पढ्नुहोस

बेनी नगरमा असूल उपर गर्नुपर्ने बेरुजु २ करोड ९० लाख – महालेखा परिक्षक प्रतिवेदन

बेनी, १७ जेठ । महालेखा परीक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनले आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षणमा बेनी नगरपालिकामा ११ करोड २६ लाख १२ हजार रुपैयाँ बेरुजु उल्लेख गरेको छ । जसमध्ये तत्काल असुल उपर गर्नुपर्ने बेरुजु २ करोड ९० लाख २३ हजार रुपैया रहेको छ भने अन्य बेरुजुको प्रमाण कागजात... पुरा पढ्नुहोस

विद्यालयस्तरीय लोक गीत प्रतियोगितामा अस्मिता सेन्चुरी प्रथम

म्याग्दी, १६ जेठ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय अन्तरमावि लोक गीत प्रतियोगितामा जनता मावि दग्नामकी अस्मिता सेन्चुरी प्रथम हुनुभएको छ । सोमवार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित १९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विजेता बन्दै सेन्चुरीले नगद रु २५ हजार... पुरा पढ्नुहोस

भूतपूर्व सैनिक सहकारीको सामुदायिक होमस्टे प्रबद्र्धन एवम् रणनीतिक व्यवसायिक योजना कार्यशाला

म्याग्दी, १६ जेठ । म्याग्दीको बेनीमा रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले रणनीतिक व्यवसायिक योजना निर्माण गरेको छ । रघुगंगा गाउँपालिका–१ बेगमा यही जेठ १२ गतेदेखि सोमबारसम्म सञ्चालन भएको कार्यशाला गोष्ठिबाट आगामी २०८४ सम्मका लागि योजना निर्माण गरिएको हो । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफस्कुन)को प्राविधिक... पुरा पढ्नुहोस

अन्नपूर्ण पदयात्राः ‘मनोरम झरना पर्यटकको आकर्षण बन्दै’

कमल खत्री बेनी , १२ जेठ । अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वन, जंगल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृष्यले यात्राका थकान मेटाइदिने गर्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गमा रहेका आधा दर्जनबढी यस्तै मनमोहक... पुरा पढ्नुहोस

घुम्ती गोठलाई चरण क्षेत्रमा घाँसको अभाव बढ्दै

  म्याग्दी, ११ जेठ । म्याग्दीमा घुम्ती गोठलाई चरीचरणमा घाँसको अभाव बढ्दै गएको छ । घुम्ती गोठमार्फत भेडापालन गर्दै आएका कृषकलाई चरीचरण क्षेत्रमा नजाती( पुशपन्छीले नखाने) घाँस उम्रने फैलने क्रम बढ्दोले पशुपन्छीलाई आहाराको अभाव बढ्दै गएको हो । पुरानो चरीचरणमा क्षेत्रमा वनजंगल बढ्नु, अनावश्यक नखाने घासँ फैलनु, जनावर पाल्ने क्रम... पुरा पढ्नुहोस

नीलगिरि खोलामा निर्माधिन दुईवटा जलविद्युत आयोजना अन्तिम चरणमा

  म्याग्दी, १० जेठ ।अन्नपूण गाउँपालिका– ४ नारच्याङस्थित नीलगिरि खोलामा ११० मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजना निर्माणको ८० प्रतिशत काम सकिएको छ । अन्नपूर्ण र नीलगिरि हिमालबाट बगेर आउने नीलगिरि खोलामा ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो र ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजना निर्माणाधिन छन् । विस २०७६... पुरा पढ्नुहोस

म्याग्दीमा १० करोड ९५ लाख राजश्व संकलन

  म्याग्दी, १० जेठ । म्याग्दीमा १० करोड ९५ लाख ९३ हजार ९ सय रुपैयाँ राजश्व संकलन भएको छ । चालू आर्थिक वर्षको जेठ ९ गते वा १० महिनाको अवधिमा संघ र प्रदेश सरकारको कार्यालयबाट सो रकमको राजश्व संकलन भएको हो । जिल्लामा संघ सरकारबाट ८ करोड ४२ लाख ३३... पुरा पढ्नुहोस

पर्यटकको आकर्षण बन्यो अन्नपूर्ण आधार शिविरको ‘पञ्चकुण्ड ताल’(फोटो फिचर)

कमल खत्री बेनी, १० जेठ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ पर्यटकको आकर्षण बनेको छ । समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाईमा करिब २० हजार बर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको... पुरा पढ्नुहोस