म्याग्दीमा १० करोड ९५ लाख राजश्व संकलन

  • १० जेष्ठ २०८०, बुधबार
  • धिरन खत्री
  • 295 पटक पढिएको

 

म्याग्दी, १० जेठ । म्याग्दीमा १० करोड ९५ लाख ९३ हजार ९ सय रुपैयाँ राजश्व संकलन भएको छ । चालू आर्थिक वर्षको जेठ ९ गते वा १० महिनाको अवधिमा संघ र प्रदेश सरकारको कार्यालयबाट सो रकमको राजश्व संकलन भएको हो । जिल्लामा संघ सरकारबाट ८ करोड ४२ लाख ३३ हजार ४०४ रुपैयाँ र प्रदेश सरकारबाट २ करोड ५३ दाख ४० लाख ४९६ रुपैयाँ राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भिष्म थापाले जानकारी दिनुभयो ।

चालूवर्षमा अहिलेसम्मको अवधिमा अघिल्लो आर्थिक वर्षभन्दा कम राजश्व संकलन भएको छ । विकास बजेट खर्च हुन नसक्नु, बैंक ब्याजको वृद्धिले व्यवसाय धरापमा पर्नुका कारण लक्ष्य अनुरुप राजश्व संकलन हुन नसकेको देखिन्छ । संघतर्फ राहदानी शुल्कमार्फत ३ करोड ६५ लाख ३० हजार रुपैयाँ, पुँजीगतलाभ करबाट १ करोड ७९ लाख ९३ हजार ५३१, प्रशासनिक दण्ड जरिवानाबाट ६० लाख ७७ हजार राजश्व संकलन भएको छ। त्यस्तै प्रदेशतर्फ पनि ब्यवसाय रजिष्टे«शन दस्तुर, बेरुज, बाँडफाँडबाट प्राप्त हुने घरजग्गा रजिष्टेशन दस्तुर लगायत क्षेत्रमा बढी राजश्व संकलन हुन्छ ।

चालू आवमा राजश्व संकलन कम हुनमा पुँजिगततर्फको विकास बजेटमा संघतर्फ १४ प्रतिशत र प्रदेशतर्फ २९ प्रतिशत खर्च जेठ ४ गतेसम्म भएको छ। संघको ४८ करोड ४९ लाख ९१ ह्जार बजेटमध्यै ७ करोड ९ लाख ८२ हजार रुपैयाँ र प्रदेशतर्फ ७२ करोड ६३ लाख ७९ हजार ८१४ रुपैयाँमध्ये २१ करोड ४० लाख १५ हजार ४४२ रुपैयाँ खर्च भएको छ।

चालू आवको जेठ असारमा संघको ८६ प्रतिशत र प्रदेशको ७९ प्रतिशत गर्नुपर्ने भार बढेको छ। अघिल्लो बर्षको भन्दा यस बर्ष म्याग्दीमा कम राजश्व संकलन हुने कोलेनीका जनाएको छ। पछिल्लो समय जिल्लाबाट विदेश पलायन हुने युवायुवतीहरुले संख्या धेरैभएकोले राहदानीबाट बढी राजश्व संकलन भएको छ भने अन्य क्षेत्रमा राजश्व संकलन कम छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l