धौलागिरी
मिलनचोक केन्द्र माग गर्दै आन्दोलन
- 7 बर्ष, 9 महिना अगाडि
- २ चैत्र २०७३, बुधबार
पर्वत, २ चैत । जलजला गाउँपालीकाको केन्द्र मिलनचोक क्षेत्रमा कायम गर्नुपर्ने माग गर्दै धाईरीङ, शालीजा, नाग्लीवाङ र बनौका बासिन्दाले आन्दोलन सुरु गरेका छन् । स्थानीय तह पुनसंरचनाका क्रममा जलजला गाउँपालीकाको केन्द्र साविक माझफाँट गाविसको मल्लाज कायम भएको छ । मल्लाज अपायक पर्ने र सेवा सुबिधा लिन जान असुबिधा हुने... पुरा पढ्नुहोस
पत्रकार महासङ्घ बागलुङ शाखाको भवन शिलान्यास
- 7 बर्ष, 10 महिना अगाडि
- २६ माघ २०७३, बुधबार
बागलुङ, ९ माघ । नेपाल पत्रकार महासङ्घ बागलुङको आफ्नै भवन बन्ने भएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले आज भवनको शिलान्यास गर्दै महासङ्घको भवन पत्रकारको मात्र नभएर समाजको साझा हुने उल्लेख गर्नुभयो । श्रमजीवी पत्रकारको हित र पत्रकारिताको व्यावसायिक विकासका पक्षमा महासङ्घले विभिन्न कार्ययोजना लागू गरेको उहाँको भनाइ... पुरा पढ्नुहोस
घरका छँत माथी दाउरा सजाउने चलन
- 7 बर्ष, 10 महिना अगाडि
- २६ माघ २०७३, बुधबार
मुस्ताङ, १८ माघ । उहिले उहिलेको चलन ! पुराना सख्खर माटोले बनेका मुस्ताङका घरहरुमा छत माथी दाउरा सजाउने चलन कायमै छ ।लस्करै सजाईने कलात्मक संस्कृतिको रुपमा स्थापित छत माथी दाउरा पाज्ने चलनले हिमालपारीको परम्परागत संस्कृतीको संरक्षणमा योगदान दिएको मान्न सकिन्छ ।पुरानो भनाई अनुसार छत माथी सजाईएका दाउरा हेरेर स्थानीय कती... पुरा पढ्नुहोस
बेनी–महारानीथान सडक कालोपत्रेको तयारी
- 7 बर्ष, 11 महिना अगाडि
- ४ माघ २०७३, मंगलवार
म्याग्दीको सदरमुकाम बेनी स्थित धार्मीक तथा पर्यटकीय स्थल महारानी थानसम्म जाने सडक कालोपत्रे गर्ने तयारी भएको छ । सडक डिभिजन कार्यालय बागलुङ मार्फत करिब एक किलोमिटर दुरीको यो सडक स्तरवृद्धी र कालोपत्रे गर्ने तयारी भएको हो । बेनी बजार महारानी मन्दिर जाने सडक योजनालाई यो वर्ष ४४ लाख बिस हजार... पुरा पढ्नुहोस
आधा महिने कार्यक्रम गर्दे थकालीको (ल्ह्फेव पर्व) सकियो
- 7 बर्ष, 11 महिना अगाडि
- ३ माघ २०७३, सोमबार
सुन्दर कुमार थकाली, मुस्ताङ । मुस्ताङ,माघ,५,बुधवार—आफ्नो पूख्यौली थलो हिमालपारीको जिल्ला मुस्ताङको थाक सातसय क्षेत्र बसोबास गर्दे आएका थकाली चारचनहरुको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको महान् ऐतिहाँसिक पर्व (ल्ह्फेव—२०७३) अर्थात देवता निकालिने पर्व बुधवार देखि सकिएको छ । पुस पन्ध्र देखि माघ ४ सम्म मुस्ताङको तल्लो क्षेत्र कोवाङ गाविस लार्जुङमा संञ्चालित... पुरा पढ्नुहोस
मुस्ताङकी चेली एन्जिलाको संगितमा पूनरागमन
- 7 बर्ष, 11 महिना अगाडि
- १ माघ २०७३, शनिबार
सुन्दर कुमार, थकाली मुस्ताङ, १ माघ । हिमालपारीको जिल्ला मुस्ताङको घाँसामा जन्मिएकी मुस्ताङी चेली एन्जिला गौचन पूनःसांङ्गितक क्षेत्रमा पूनरागमन गरेकी छिन्। वाल्यकाल देखि नै संगीत क्षेत्रलाई मायाँ,ममता र स्नेह गर्दे आएकी एन्जिलाले २०६१ सालमा अ—स्टोरी नामक एल्वम् सार्वजनिक गरेकी थिईन्।यसपटक उनले वैवाहिक जीवनको एक दशक पछि थकाली भाषाको गीती एल्वम्... पुरा पढ्नुहोस
ल्ह्फेव संम्प्रेषणका लागि गएका पत्रकारलाई फोटो खिच्न रोक
- 7 बर्ष, 11 महिना अगाडि
- २९ पुष २०७३, शुक्रबार
चारचनहरुको धार्मिक तथा सांस्कृतिक पर्व(ल्ह्फेव)को सुचना संम्प्रेषणका लागि थाकसातसय क्षेत्र लार्जुङ पुगेका स्थानीय पत्रकार सुन्दर कुमार थकालीलाई फोटो खिच्न नदिई वाईपास गरिएको छ।बिहिवार ल्ह्फेवको १३ औ दिन पूर्णिमा दिन तुलाचन र शेरचन बीच केटाले केटी भगाउँने पौराणिक कथा चित्रित नाट्यशाला परिसर भित्र फोटो खिच्दै गरेका पत्रकार सुन्दर कुमार थकालीलाई ल्ह्फेव... पुरा पढ्नुहोस
कोरला नाका सञ्चालनका लागी सन्तुलित कुटनीति आवश्यकः मन्त्री गौचन
- 8 बर्ष, 2 दिन अगाडि
- २१ पुष २०७३, बिहीबार
बागलुङ उद्योग बाणिज्य सघंको ५३ औं साधारणसभा बिहिवार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारणसभाको एक कार्यक्रमका बीच बाणिज्य मन्त्री रोमी गौचन थकालीले उद्घाटन गरे । उद्घाटन पछि बोल्दै गौचनले नेपाल चिन जोड्ने कोरला नाका सञ्चालनका लागि मध्यमार्गी नीति अवलम्बन आवश्यक रहेको बताए । तिब्बत सँग जोडिएको मुस्ताङको कोरला नाका... पुरा पढ्नुहोस
मुस्ताङको कोबाङमा बाह् वर्षे मेलाको रौनकता सुरु
- 8 बर्ष, 9 दिन अगाडि
- १४ पुष २०७३, बिहीबार
नेपालका थकाली समुदायले प्रत्येक बाह् वर्षमा मनाउने (ल्हफेव) पर्वको रौनकता सुरु भएको छ । थकाली समुदायको उद्गम थलो हिमाली जिल्ला मुस्ताङको कोवाङमा विभिध धार्मिक एवम साँस्कृतिक कार्यक्रम गरि मनाईने यस पर्वको यहि पुस १५ गतेदेखि औपचारीक उद्घाटन गरिनेछ । उक्त अबसरमा मुस्ताङका साँसद एवम् वर्तमान सरकारका वाणिज्य मन्त्री रोमी गौचन... पुरा पढ्नुहोस