ल्ह्फेव संम्प्रेषणका लागि गएका पत्रकारलाई फोटो खिच्न रोक

  • २९ पुष २०७३, शुक्रबार
  • 1189 पटक पढिएको

चारचनहरुको धार्मिक तथा सांस्कृतिक पर्व(ल्ह्फेव)को सुचना संम्प्रेषणका लागि थाकसातसय क्षेत्र लार्जुङ पुगेका स्थानीय पत्रकार सुन्दर कुमार थकालीलाई फोटो खिच्न नदिई वाईपास गरिएको छ।बिहिवार ल्ह्फेवको १३ औ दिन पूर्णिमा दिन तुलाचन र शेरचन बीच केटाले केटी भगाउँने पौराणिक कथा चित्रित नाट्यशाला परिसर भित्र फोटो खिच्दै गरेका पत्रकार सुन्दर कुमार थकालीलाई ल्ह्फेव आयोजक कमिटीका सदस्य एवंम् कार्यक्रम उद्घोषक गीरीसिंह शेरचनले फोटो खिच्न प्रतिबन्ध लगाएका छन्।

img_5268
शेरचनले माईकिङ गर्दे एक गौचन नाम गरेका व्यक्तिको मिडिया बाहेक अन्य पत्रकारलाई नाट्यशाला कार्यक्रमबाट बाहिरिन उर्दी जारी गरेका थिए ।उनको उर्दी पछी पत्रकार सुन्दर कुमार थकाली लज्जित हुँदै कार्यक्रम स्थलबाट बाहिरीएका थिए। दुई साता अघि देखि ल्ह्फेव पर्वको निरन्तर समाचार संम्प्रेषण गर्दे आएका थकालीलाई सुचना संम्प्रेषणमा प्रतिबन्ध लगाउँन आयोजक कमिटीको ठुलो भुल भएको पत्रकार महासंघ मुस्ताङका अध्यक्ष भीम रसाईलीले बताए ।उनले धार्मिक तथा सांस्कृतक महत्व बोकेको महान् पर्वमा पत्रकारहरुलाई सुचना संम्प्रेषणमा बाईपास गरिनु निष्पक्ष सोतन्त्र पत्रकारीता माथिको अपमान भएको बताए। कार्यक्रममा अपमानित भएका प्रेष चौतारी मुस्ताङका उपाध्यक्ष सुन्दर कुमार थकालीले धार्मिक महत्व बोकेको महान् पर्वमा सुचना संम्प्रेषणमा अंकुश लगाउँन खोज्नु शेरचनको मानसिक भुल भएको बताए।उनले पत्रकारलाई बर्गिय दृष्टिकोणले पूर्वाग्रहपूर्ण व्यवहार गरेर समग्र ल्ह्फेवलाईनै उपहाँस गरेको प्रतिक्रिया दिए ।
ल्ह्फेव १३ औं दिन पूर्णिमा तिथीमा थकाली चारचनका भारदारहरुले पौराणिक कथा अनुसार तुलाचन र शेरचन बीचको नाता सम्वन्धलाई नाटकिय रुपमा रुपान्तरण गरेका थिए ।केटा पक्षले केटी भगाउन जादाँ केटीले ईन्कार गरपछि जवरजस्ती भगाउँदा थकाली संस्कृतीमा अपनाईने चलन चल्तीलाई चित्रण गरिएको थियो ।त्यस्तै परम्परा अनुसार सदियो अगाडी थकाली समुदायले थाकसातसय क्षेत्रमा गर्ने मृगको शिकारलाई नाटकमा उतारिएको थियो ।कार्यक्रम भट्टचन समुदायले आफ्नो सांस्कृतिक परम्परा अनुसार रब पुस्तक वाचन गरेका थिए । त्यस्तै थकाली चारचनहरुले सोमवार देखि बिहिवार सम्म आ—आफ्ना देवताको रथयात्रा प्रर्दशन गरेका छन् ।रातो तुलाचन,हरियो तुलाचन,सेतो शेरचन र कालो भट्टचनको पहिरन लगाएर थकालीहरु देवताको रथयात्रा उचाल्न तछाड मछाड देखिएका थिए।रथयात्रा उचाल्दा धार्मिक पूण्य मिल्ने पोखराका सुर्य बहादुर तुलाचनले बताए ।उनले आफ्ना देवताहरु ल्ह्फेवको अन्तिम दिन झ्याङ घर भित्र बाकसमा राखेर बन्द गरिने जानकारी दिए।
गौचनले ल्ह् लाङ्वान्ह्र्वु देवतालाई गणेश अवतार,तुलाचनले छ्रयूरिन ग्याम्मो देवतालाई ग्रह अवतार,शेरचनले कहाङ्लासिंकी कर्पो देवतालाई नसिंह अवतार र भट्टचन समुदायले ह््यावा¥हाङ्ज्यूङ देवतालाई भैरव अवतारका रुपमा पुजा गर्ने चलन छ ।देवता रहेको रथयात्रा उचाल्नु अघि चारै चनका अविवाहित कुमार र चारैचनका पाडेहरुले यात्रा स्तुती मन्त्र पढ्ने चलन छ।१२ जनावरबाट सुरुवात गरिएकाले प्रत्येक १२ वर्षको एक पटक बादर वर्गको समाप्तीमा पर्व मनाउने गरिएको हो।
सोमवार पूर्णिमाका दिन सांस्कृतिक पर्व अवलोकनका लागि थकाली र गैर थकालीहरुको लार्जुङ क्षेत्रमा बाक्लो उपस्थिती रहेको थियो ।रथयात्रा क्रममा आफ्ना देवताको नाम उच्चारण गर्दे चन थकालीहरु लार्जुङ क्षेत्र परिक्रमा गरेका थिए ।त्यस्तै  कोवाङमा रहेको नर्साङ गुम्बा र बोक्सीखोलाको पहाडमा रहेको घुर्साङ्बे गुफामा समेत बत्ती बाल्न जाने भक्तजनहरुको बाक्लो उपस्थिती रहेको थियो ।