पत्रकार महासङ्घ बागलुङ शाखाको भवन शिलान्यास

  • २६ माघ २०७३, बुधबार
  • राम थापा अबिरल
  • 1155 पटक पढिएको

zx

बागलुङ, ९ माघ । नेपाल पत्रकार महासङ्घ बागलुङको आफ्नै भवन बन्ने भएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले आज भवनको शिलान्यास गर्दै महासङ्घको भवन पत्रकारको मात्र नभएर समाजको साझा हुने उल्लेख गर्नुभयो । श्रमजीवी पत्रकारको हित र पत्रकारिताको व्यावसायिक विकासका पक्षमा महासङ्घले विभिन्न कार्ययोजना लागू गरेको उहाँको भनाइ छ ।

रु एक करोडको लागतमा बन्न लागेको भवन दुई वर्षभित्रमा पूरा गर्ने लक्ष्य लिइएको शाखा अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । बागलुङ नगरपालिका– २ मा बन्ने भवन चारतले हुने उहाँले जानकारी दिनुभयो ।

भवनमा सुविधासम्पन्न सभाकक्ष र सूचना केन्द्र पनि रहने जनाइएको छ । यस्तै भवनको लागि भोगचलनमा जग्गा उपलब्ध गराउने बागलुङ नगरपालिका कार्यालयले सोही भवनमा अनाथालय पनि निर्माण गर्ने योजना छ । भवन निर्माणका लागि हालसम्म रु साढे १२ लाख सङ्कलन भएको र निर्माणको काम तुरुन्त सुरु हुन जनाइएको छ ।

राम थापा अबिरल