मुस्ताङकी चेली एन्जिलाको संगितमा पूनरागमन

  • १ माघ २०७३, शनिबार
  • 1435 पटक पढिएको

सुन्दर कुमार, थकाली मुस्ताङ, १ माघ । हिमालपारीको जिल्ला मुस्ताङको घाँसामा जन्मिएकी मुस्ताङी चेली एन्जिला गौचन पूनःसांङ्गितक क्षेत्रमा पूनरागमन गरेकी छिन्।
वाल्यकाल देखि नै संगीत क्षेत्रलाई मायाँ,ममता र स्नेह गर्दे आएकी एन्जिलाले २०६१ सालमा अ—स्टोरी नामक एल्वम् सार्वजनिक गरेकी थिईन्।यसपटक उनले वैवाहिक जीवनको एक दशक पछि थकाली भाषाको गीती एल्वम् (थासाङ ल्हुम्वु÷थाकखोलाको देश) हालै सार्वजनिक गरेकी छिन् ।

thakali-358x300
आफ्नो पूख्यौली थलो मुस्ताङको थाकखोला क्षेत्रमा बसोबास गर्दे आएका थकाली जनजाती समुदायको मातृभाषा संरक्षण  गर्दे जातीय पहिचान,धार्मिक तथा सांस्कृतिक धरोहरलाई जिवन्त राख्न थकाली भाषाको एल्वम निकाल्ने जमर्को गरेको बताईन् ।उनले सार्वजनिक गरेको गीती एल्वम् (थासाङ  ल्हुम्वु)ले थकाली जनजातीहरुको उद्गम् स्थल थाकखोलालाई आदिवासी थकालीहरुको देशको रुपमा चित्रण गरेको छ ।
वैवाहिक जीवन पछि ओझेल परेकी एन्जिलाले आफ्ना श्रीमान प्रमोद गौचनको हौसला र सहयोगका कारण पूनः संगितमा फर्किएकी हुन् ।निर्माता प्रमोद शेरचन रहेको थासाङ ल्हुम्वु एल्वम्को निदेशन मध् श्रेष्ठ र उनका श्रीमान प्रमोदले संयूक्त रुपमा निर्देशन गरेका छन् ।सुमधुर स्वरकी धनी गायिका एन्जिलाले एल्वममा रहेका ४ वटै गीतहरुमा आफ्नो आवाज दिएकी छिन् ।उनलाई मेल भोकलमा राजु गौचनले साथ दिएका छन् ।
थकाली सोल्टा र सोल्टी बीच बिवाह,ब्रतबन्ध र बिभिन्न अवसरमा भेट हुँदा गरिने मायाँप्रितीलाई जोड्दै मनोज शेरचन र अशोक गौचनले ङ्ह्याए कान्छीरी… बोलको गीतको शब्द रचना गरेका छन् ।त्यस्तै,थकाली दिदीबैनीहरु साक्षर बनेर अरुको सहारा बनेर देश र जनता प्रति समर्पित भएर लाग्न अभिप्रेरित गरिएको  छ्यो छ्यो ल्हप्परी हेज्यो…..गीतलाई थकाली भाषा बिज्ञ निला तुलाचनले जिवन्त चित्रण गरेकी छिन्।
एल्वममा रहेका अन्य दुई गीतहरुमा हे आमा थासाङ ल्हुम्वुरी…बोलको गीतले एउटी आमाले छोरी प्रति गरिएको मायालाई छुताछुल्ल पार्दे सन्तान प्रतिको मोह दर्शाउन खोजिएको छ ।जुन गीतलाई पनि भाषा बिज्ञ निला तुलाचनले शब्द सृजना गरेकी हुन्।त्यस्तै,अर्का भाषा बिज्ञ कुल बहादुर गौचनले थकाली जनजातीहरु आपसी फुटेर होईन जुटेर काम गर्नुपर्छ भन्ने सन्देश दिदै सैमढैम यास….बोलको शब्द रचना गरेका छन् ।एल्वम्मा रहेका ४ वटै गीत बिशुद्ध थकाली भाषामा उल्लेख भएकाले थकाली जनजातीहरु प्रति लक्षित रहेको निर्माता निर्देशक प्रमोद गौचनले बताए।
मुस्ताङको तल्लोक्षेत्रका बिभिन्न रमणिय स्थानमा छायाँङ्कन गरिएको एल्वम (थासाङ ल्हुम्वु) को नृत्य निर्देशन मधु श्रेष्ठले गरेका छन् भने अभिनय गर्ने मोडेलहरुमा सारिका गौचन र सुमित गौचन छन्।त्यस्तै म्यूजिक एरेन्जर र रेकडिष्ट अशोक राईले गरेका छन्। नेपाल आर्टस् कम्पनी म्यूजिक सेन्टरबाट निर्मार्ण गरिएको एल्वमका चारै गीतहरु थकाली भाषा उत्थानका लागि रहेको निर्माण पक्षले जनाएको छ।
साङ्गित क्षेत्रमा स्थापित कलाकारहरु संग राम्रो चिनपर्जी र दैनिक उठबस गर्दे आएकी गायिका एन्जिलाले संगित बिषयमा ईन्टर र ब्याचलर सम्मको अध्यन गरिसकेकी छिन् ।उनको पहिलो एल्वम् अ—स्टारीको थाहापाए तिम्रो बाँनी….बोलको गीत त्यस समय चर्चामा रहेको थियो ।जुन गीतले उनलाई एन्जिला गौचन भनेर चिनाएको थियो। उनलाई २०६५ सालमा अन्नपूर्ण एफ.एम.ले आयोजना गरेको म्यूजिक अवार्डमा सर्वोउत्कृष्ट पप फिमेल भोकलिष्टमा अवार्ड जित्न समेत सफल भएकी थिईन ।

त्यस्तै उनको पहिलो एल्वम्को गीत थाहाँ पाए तिम्रो बाँनी २०६६ सालको ईमेज अवार्डमा नोमिनेशनमा परेको थियो ।संगित क्षेत्रको राम्रो ज्ञान हासिल गरेकी एन्जिलाले निकट भविष्यमा नै नेपाली भाषाको दोश्रो एल्वम सार्वजनिक गर्ने तयारी गरेको बताउछिन् ।वैवाहिक जीवनले ओझेल पारेको साङ्गिितक यात्रालाइ पूनर्ः निरन्तता दिईरहने उनको भनाई छ।