मिलनचोक केन्द्र माग गर्दै आन्दोलन

  • २ चैत्र २०७३, बुधबार
  • 2292 पटक पढिएको

 

पर्वत, २ चैत । जलजला गाउँपालीकाको केन्द्र मिलनचोक क्षेत्रमा कायम गर्नुपर्ने माग गर्दै धाईरीङ, शालीजा, नाग्लीवाङ र बनौका बासिन्दाले आन्दोलन सुरु गरेका छन् ।

Milanchok (4)

स्थानीय तह पुनसंरचनाका क्रममा जलजला गाउँपालीकाको केन्द्र साविक माझफाँट गाविसको मल्लाज कायम भएको छ । मल्लाज अपायक पर्ने र सेवा सुबिधा लिन जान असुबिधा हुने भन्दै गाउँपालीकाको केन्द्र उद्घाटनका लागि मल्लाज आउने टोलीलाई लक्षित गरेर आन्दोलनकारीले बुधबार साँझदेखि मालढुङ्गा बेनी सडक अवरुद्ध गराएका छन् ।

बिहीबार पर्वतका सरकारी अधिकारीहरुको टोलीले मल्लाजमा जलजला गाउँपालीकाको केन्द्र उद्घाटनका लागि आउने कार्यक्रम छ । यसैगरी साविक धाईरीङ, बनौ, शालीजा, नाग्लीवाङका प्रतिनिधिको टोलीले जिल्ला समन्वय समिति र प्रशासन कार्यालयमा माग सम्बोधनको विषयमा ज्ञापनपत्र बुझाएको छ ।जलजला गाउँपालीकामा बार्सखर्क, माझफाँट, लेकफाँट, शालीजा, धाईरीङ, बनौ र नाग्लीवाङ गाविस समावेश गरिएको छ । आन्दोलनकारीले मिलनचोक, लुङ्दी, पर्वत बेनी क्षेत्रमा केन्द्र बनाउन माग गरेका छन् ।