आधा महिने कार्यक्रम गर्दे थकालीको (ल्ह्फेव पर्व) सकियो

  • ३ माघ २०७३, सोमबार
  • 1123 पटक पढिएको

सुन्दर कुमार थकाली, मुस्ताङ ।
मुस्ताङ,माघ,५,बुधवार—आफ्नो पूख्यौली थलो हिमालपारीको जिल्ला मुस्ताङको थाक सातसय क्षेत्र बसोबास गर्दे आएका थकाली चारचनहरुको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको महान् ऐतिहाँसिक पर्व (ल्ह्फेव—२०७३) अर्थात देवता निकालिने पर्व बुधवार देखि सकिएको छ । पुस पन्ध्र देखि माघ ४ सम्म मुस्ताङको तल्लो क्षेत्र कोवाङ गाविस लार्जुङमा संञ्चालित पर्वमा परम्परागत रुपमा मनाईदै आएको धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथमा म्याराथुन दौड,कविता वाचन,अन्तरक्रिया आदी संम्पन्न भएको छ । ।धर्म र संस्कृतिकको उत्थान र बिकास, सदियौ देखि मनाईदै आएको परम्परालाई जोगाउँदै संम्पूर्ण चन थकालीहरुलाई गोलबन्द गर्न पर्व सार्थक रहेको पर्व मूल आयोजक समितिले जनाएको छ ।

20170116_115253

समापन कार्यक्रममा पानसमा दियो बालेर उद्घाटन गर्दे थकाली सेवा समितिकी केन्द्रिय अध्यक्ष एवंम् नेपाल आदिवासी जनजाती महासंघकी प्रथम उपाध्यक्ष कृष्ण कुमारी शेरचनले पूर्खाहरुले संञ्चालन गर्दे आएको धार्मिक महत्वको पर्वलाई संस्थागत बिकास गर्न सके चार देवताहरुले रक्षा गर्ने बताईन् ।उनले पर्वलाई प्रत्यक्ष परोक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दे मेहनत र साधनाको प्रतिफल मिठो र सुखत हुने बताईन् ।उनका अनुसार पर्वमा उठेको संम्पूर्ण आर्थिक सहयोग रकम थाक सातसय क्षेत्रको बिकासका लागि खर्च गरिने जानकारी दिईन् ।
मिरमुखिया ईन्द्र बहादुर तुलाचनले आफु लगायत सबैको सहयोगले ल्ह्फेव पर्व ऐतिहाँसिक रुपमा संम्पन्न भएको दावी गरे ।उनले धर्म र संस्कृतिका संरक्षण गर्दे थकाली सभ्यता जोगाउँन पछिल्लो पुस्ता लाग्नुपर्ने बताए ।कार्र्यक्रममा थकाली सेवा समितिकी उपाध्यक्षा शान्ति कुमारी तुलाचन ,नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष भीम बहादुर रसाईली र प्रेष चौतारी मुस्ताङका उपाध्यक्ष सुन्दर कुमार थकाली बोलेका थिए ।
कार्यक्रममा मीरमुखिया ईन्द्र बहादुर तुलाचन सहित चारचनका पाडे,पाँच गम्व र चार कुमारहरुलाई थकाली सेवा समितिकी केन्द्रिय अध्यक्ष कृष्ण कुमारी शेरचन र उपाध्क्ष शान्ति कुमारी तुलाचनले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।त्यस्तै ल्ह्फेव पर्वलाई भौतिक सहयोग पू¥याउँने  उप मीर मुखिया सिद्धिलाल गौचन,ज्वाहर भट्टचन कोवाङ,लाल प्रसाद गौचन नाकुङ,भीम गौचन खन्ती,कृष्ण शेरचन लार्जुङ,हेमन्त गौचन टुकुचे,प्रवीण शेरचन नाउरिकोट,रवीन्द्र तुलाचन लेते,राजन गौचन घाँसा र पूर्ण बहादुर शेरचन कुञ्जोका मुखियाहरुलाई दोसल्लाले सम्मान गरिएको थियो ।
पर्वलाई आर्थिक ,भौतिक र सामाजिक रुपले सहयोग गर्ने थकाली सेवा समितिका केन्द्रिय कोषाध्यक्ष च्योकी गम्व अशोक गौचन,शाल्की गम्व पूर्ण प्रसाद तुलाचन,तीनजन गम्व मिलन शेरचन,पर्को उप गम्व केशव नारायण भट्टचन,ठोम झाँक्री समाजसेवी ईन्द्रजीत गौचन र बिशेष आर्थिक सहयोग गर्ने बिनोद भट्टचनलाई अध्यक्ष कृष्ण कुमारी शेरचनले सम्मान गरेकी थिईन् ।त्यस्तै,मञ्च व्यवस्थापनमा प्रथम लेतेका  रवीन्द्र तुलाचन र घाँसाका राजन गौचनलाई सोअवसरमा सम्मान गरिएको थियो ।
नेकपा(एमाले) का जिल्ला अध्यक्ष चन्द्र मोहन गौचन,मुस्ताङ उधोग वाणिज्य संघका खगेन्द्र तुलाचन,पूर्व राज्यमन्त्री ओमकार गौचन र स्थानीय पत्रकारहरुको उपस्थिती रहेको थियो ।कार्यक्रममा बोल्ने वक्ताहरुले भव्य रुपले मनाईएको धार्मिक पर्व ल्ह्फेव पूनः पचासी सालमा थाक सातसय क्षेत्रमा भेट हुने दोहो¥याए । अध्यक्ष कृष्ण कुमारी शेरचनको अध्यक्षता सम्पन्न कार्यक्रममा स्वागत  शान्ति कुमारी तलाचन र संञ्चालन  थकाली सेवा समितिका महासचिव नरेश कुमार तुलाचनले गरेका थिए ।