ताजा अपडेट
सहकारीद्वारा क्षमता अभिवृद्धि तालिमको आयोजना
- wp_days_ago_v3(); ?>
- ९ आश्विन २०७५, मंगलवार
म्याग्दी, असोज ९ – सेतो गुराँस महिला बचत तथा ऋण सहकारी संस्था गोङ्गबु, काठमाडौंको आयोजनामा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । सहकारी संस्थाको सञ्चालक समिति र उपसमितिका पदाधिकारीहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । सहकारीकर्मीको क्षमता वृद्धि तथा नयाँ ऐनको बारेमा जानकारी गराउने उद्देश्यसहित तालिम आयोजना गरिएको सहकारीले... पुरा पढ्नुहोस
अब भुपु पत्रकार….
- wp_days_ago_v3(); ?>
- ९ आश्विन २०७५, मंगलवार
अष्ट्रेलिया पाइला टेकेको १६ औँ दिनमा आफ्नै बारे केहि लेख्ने जमर्को गर्दैछु । एक दशक सक्रिय पत्रकारितामा सबै विषय लेखेँ जस्तो लाग्थ्यो तर अहिले बुझ्दै छु, आफ्नो बारे लेख्नै भुलेको रहेछु । आफ्नो बारे लेख्न, कुनै गम्भिर विषय माथि समाचार लेख्नु अघि सबै जानकारी भएपनि ‘कोडिङ पात्र’नभेटे जस्तै भइरहेको छ... पुरा पढ्नुहोस
आज देखि र्सोहश्राद्ध शुरु
- wp_days_ago_v3(); ?>
- ९ आश्विन २०७५, मंगलवार
म्याग्दी, ९ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदा देखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि... पुरा पढ्नुहोस
जनता पाटी म्याग्दीको सभापतिमा पहलबहादुर खत्री
- wp_days_ago_v3(); ?>
- ८ आश्विन २०७५, सोमबार
म्याग्दी, ८ असोज । जनता पाटी जिल्ला शाखा म्याग्दीकोे सभापतिमा पहलबहादुर खत्री सर्वसम्मत चयन भएका छन् । कार्यसमितिको उपसभापतिमा भिमबहादुर बानियाँ, सचिवमा प्रेमप्रसाद अाचार्य , कोषाध्यक्षमा शान्ती थापा, सह–सचिवमा सिर्जना खत्री रहेको छन् । समितिको सदस्यहरुमा रामबहादुर खत्री, झलकबहादुर बानीयाँ, रामबहादुर भण्डारी, सुमन विक, दुध गिरि, डिलमाया परियार र... पुरा पढ्नुहोस
घारखोलाको काम सूचारु
- wp_days_ago_v3(); ?>
- ८ आश्विन २०७५, सोमबार
बेनी ८ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधिन १४ मेगावाट क्षमत्ताको घारखोला जलविद्युत आयोजनाको निर्माण कार्य एक हप्तापछि सोमबार दिउँसोदेखि सूचारु भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिकाको वडा न. ५ शिख र वडा न. ६ घारका जनप्रतिनिधि, संघर्ष समितिका पदाधीकारी र प्रर्वद्धक कम्पनी म्याग्दी... पुरा पढ्नुहोस
रत्नेचौरमा रक्तदान
- wp_days_ago_v3(); ?>
- ८ आश्विन २०७५, सोमबार
बेनी ८ असोज । बेनी नगरपालिका १ स्थित रत्नेचौर जागरण समूहको प्रथम वार्षिक उत्सवको अवसरमा सोमबार रत्नेचौरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाईटीको बेनी शाखाद्धारा सञ्चालित रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा सञ्चालित कार्यक्रममा ३० जनाले रक्तदान गरेका समूहका सुजन थापाले जानकारी दिनुभयो । समूहका अध्यक्ष गणेश बोगटीको अध्यक्षता र... पुरा पढ्नुहोस
टुकुचेकी अपेक्षा बनीन् मिस मुस्ताङ
- wp_days_ago_v3(); ?>
- ८ आश्विन २०७५, सोमबार
जोमसोम ८ असोज । थासाङ गाउँपालिका १ टुकुचेकी अपेक्षा थकालीले मिस मुस्ताङ २०७५ को ताज पहिरीएकी छिन् ।थाक खेलकुद तथा सांस्कृतिक विकास संघले आयोजना गरेको मिस मुस्ताङ प्रतियोगितामा सहभागी अन्य आठ जना प्रतियोगिलाई पछि पार्दै योगेन्द्र माविको कक्षा १२ मा अध्ययनरत १६ वर्षिया अपेक्षाले ताज पहिरीएकी हुन् । भविश्यमा अभिनय... पुरा पढ्नुहोस
महिलाहरुलाई लैङ्गिक विभेदविरुद्ध पैरवीसम्बन्धी तालिम
- wp_days_ago_v3(); ?>
- ८ आश्विन २०७५, सोमबार
म्याग्दी, ८ असोज। महिलाहरुका लागि सशक्तिकरण र लैङ्गिक विभेदविरुद्ध पैरवी तथा उद्घोषण तालिम बेनीमा आईतबारदेखि सुरु भएको छ । बेनी नगरपालिकाको आयोजना, सिविन नेपालको संयोजन र प्लान इन्टरनेशनल नेपालको सहयोगमा सदरमुकाम बेनीमा तालिम सञ्चालन गरिएको हो । महिलाहरुलाई सशक्तिकरण गराउने तथा लैङ्गिक हिंसाविरुद्ध पैरवी गर्ने र उद्घोषणकला सिकाउने उद्देश्यले कार्यक्रम... पुरा पढ्नुहोस
बक्यौता महशुल उठाउन विद्युत लाईन काटीयो
- wp_days_ago_v3(); ?>
- ७ आश्विन २०७५, आईतवार
म्याग्दी ७ असोज । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले बक्यौता महशुल उठाउनका लागि ग्राहकको लाईन काट्न थालेको छ । साठी दिनभन्दा बढी समयको महशुलन तिर्ने ग्राहक पहिचान गरेर बक्यौता महशुस संकलनका लागि लाईन काट्न थालिएको केन्द्रले जनाएको छ । पटक पटक सूचना जारी गरेपनि महशुल तिर्न अटेरी गरेकाले... पुरा पढ्नुहोस
ग्रामिण बस्तीमा विद्युत विस्तारका लागि पन्ध्र करोड भन्दा बढि बजेट विनियोजन
- wp_days_ago_v3(); ?>
- ७ आश्विन २०७५, आईतवार
बेनी ७ असोज । पहाडी जिल्ला म्याग्दीमा यस वर्ष केन्द्रिय प्रशारण लाईनको विद्युत सुबिधा विस्तारका लागि पन्ध्र करोड रुपैया भन्दा बढी बजेट बिनीयोजन भएको छ ।उर्जा तथाजलस्रोत मन्त्रालयले म्याग्दीका दुर्गम तथा ग्रामिण बस्तीहरुमा केन्द्रिय प्रशारण लाईनको विद्युत सेवाको पहुँच विस्तारका लागि यस वर्ष उल्लेख्य मात्रामा बजेट बिनियोजन गरेको प्रतिनिधिसभा सदस्य... पुरा पढ्नुहोस