ताजा अपडेट

भारतको नयाँ दिल्लीमा उपचारत शियानालाई थप सहयोग आवश्यक

म्याग्दी, ७ फागुन । भारतको नयाँदिल्लीमा रहेको सर गंगाराम अस्पतालमा उपचार गराईरहेकी बालिका शियाना पुनको थप उपचारका लागि आर्थिक सहयोग आवश्यक परेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी पुनलाई कलेजो प्रत्यारोपण पछि थप उपचारका लागि सहयोग आवश्यक परेको हो । ९ महिनाकी शियानाको कलेजोमा समस्या देखिपछि ओमकुमारी शान्ति कोषको तर्फबाट... पुरा पढ्नुहोस

अर्जुन माविको भवन पुननिर्माण सुरु

बेनी ७ फागुन । बेनी नगरपालिका २ भकुण्डेमा रहेको अर्जुन माविको भवन निर्माण सुरु भएको छ । चार कोठे भवनको सोमबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले शिलँन्यास गरेका हुन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणको सत्तरी लाख रुपैयाँ अनुदान सहयोगमा निर्माण हुने भवन भूकम्प प्रतिरोधी क्षमताको हुनेछ । दुई तले भवन... पुरा पढ्नुहोस

पदमार्ग सरसफाई

सन्तोष गौतम बेनी ७ फागुन । म्याग्दीमा सोमबारदेखि ६९ औ प्रजातन्त्र दिवस मनाउन सुरु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको संयोजकत्वमा गठन भएको मूल समारोह समितिको आयोजनामा दिवस मनाउन सुरु भएको हो । दिवसको पहिलो दिन बेनी नगरपालिकाको संयोजनमा बेनीको हाँडेभिर देखि खबरामा रहेको लभ्लिहिल पदमार्ग सरसफाई... पुरा पढ्नुहोस

मालिका गाउँपालिका स्तरीय ‘प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड’को उपाधि भिम माविलाई (फाेटाे फिचर)

साधन राम्जाली मगर म्याग्दी, ५ फागुन । म्याग्दीको मालिका गाउँपालिकाको दरबाङमा सम्पन्न गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि भिम मावि राजदाङ, देविस्थानले हात पारेको छ । आइतबार गाउँपालिका केन्द्र दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण प्राप्त गरि भिम माविले उपाधि चुम्न सफल भएको हो ।  यसैगरि प्रतियोगितामा ६ स्वर्ण... पुरा पढ्नुहोस

सुनचाँदी व्यवसायी संघद्धारा प्रहरीलाई टेलिभिजन सहयोग

म्याग्दी, ५ फागुन । म्याग्दी सुनचाँदी व्यवसायी संघले जिल्ला प्रहरी कार्यालयलाई टेलिभिजन सहयोग गरेको छ । आईतवार आयोजित एक कार्यक्रमका बिच संघका अध्यक्ष चन्द्रप्रकाश बराईली, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, संघका केन्द्रिय सदस्य रामकृष्ण बराईली, संघका पूर्व अध्यक्ष जिवन बहादुर विश्वकर्माले संयुक्त रुपमा प्रहरी नायब... पुरा पढ्नुहोस

मराङमा सार्वजनिक सुनुवाई

सन्तोष गौतम मराङ ४ फागुन । विकास निर्माण र सेवा प्रवाहको बारेमा स्थानीयबासीको गुनासो, अपेक्षा, सुझाव संकलन तथा सम्बोधन गर्ने उद्देश्यले म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङमा शनिबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजना, म्याग्दी मिडिया सोसाइटी, संगम र कदम म्याग्दीको व्यवस्थापन तथा सहजिकरणमा सुनुवाई गरिएको हो ।... पुरा पढ्नुहोस

उपचाररत किसानलाई मिजार समाजको रु १० हजार बढी सहयोग

म्याग्दी, ५ फागुन । फोक्सोमा समस्या देखिएपछि अस्पतालमा नियमित उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका– ३ मौवाफाँटकी यसोदा किसानलाई मिजार समाज म्याग्दीले आर्थिक सहयोग गरेको छ । लामो समयदेखि पोखराको सामुदायिक हस्पतालमा नियमित उपचाररत किसानलाई मिजार समाज म्याग्दीले रु १० हजार १ सय ५५ आर्थिक सहयोग गरेको हो । फोक्सोमा पानी जमेपछि... पुरा पढ्नुहोस

मराङमा एकिकृत घुम्ती शिविर सम्पन्न

मराङ ५ फागुन । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको कुम्रि स्थित वडा कार्यालय परिसरमा शनिबार एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ ।भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणलाई गाउँमै सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र धवलागिरी गाउँपालिकाले वडा कार्यालयसँगको समन्वयमा शिविरको आयोजना गरेका हुन् । शिविरमा जिल्ला... पुरा पढ्नुहोस

थाइवाङका घरघरमा खानेपानी

  सिजन रोका , थाइवाङ ५ फागुन । म्याग्दीको मंगला गाउँपालिका १ थाइवाङमा पञ्चासे ओखरबोट खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । ७२ लाख ५८ हजार ६८८ रुपैयाँको लगानीमा निर्माण भएको आयोजनाबाट थाइवाङका ८५ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिले जनाएको छ । सबै घरमा मिटर जडित निजी धारा मार्फत... पुरा पढ्नुहोस

अभिभावक भेलासहित उसु खेलाडीको ग्रेडिङ

म्याग्दी, ५ फागुन । जिल्ला उसु संघ म्याग्दीको आयोजनामा उसु खेलाडीहरुको ग्रेडिङ शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको छ । म्याग्दी जिल्लामै पहिलोपटक उसु खेलका खेलाडीका अभिभावहरुको भेलासहित गरिएको उसुको ग्रेडिङमा उसु खेलाडीका अभिभावकहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । जिल्ला उसु संघ म्याग्दीमा आबद्ध ४४ जनाको ग्रेडिङ गरिएको म्याग्दीका उसु... पुरा पढ्नुहोस