बेनीमा यस्तो देखियो होलीको रौनक ( फोटो कथा)
- ६ चैत्र २०७५, बुधबार
- कमल खत्री
- 2409 पटक पढिएको
कमल खत्री
म्याग्दी, ६ चैत । म्याग्दीमा फागुपूर्णिमा अर्थात होली पर्व एक आफसमा रङ दल्दै खुशियाली साटासाट गरेर मनाइएको छ । विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली आज म्याग्दी लगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर मनाइएको हो । तराईका जिल्लामा भने भोली होली मनाइन्छ । विहानैदेखि सदरमुकाम बेनीमा बालबालिका तथा युवायुवतिहरु सेतो टिसर्टमा सजिएर समूह–समूहमा होली खेल्न थालेका थिए ।
विभिन्न थरिका रङमा देखिएका उनीहरु एकापसमा होली दलेर रमाइरहेका छन् । सडकमा बालबालिका देखि युवायुवति र पौढ सम्मका व्यक्तिहरु होलिमा रमाईरहेका छन् । चोचोकमा अडियो म्युजिक बजाएर नाचगान समेत गरिरहेका छन् ।
हीरण्यकश्प नामक राक्षसले भगवान् विष्णुका भक्त आफ्नै छोरा प्र्रह्लादलाई अग्नि कुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र प्रह्लादलाई काखमा लिएर अग्निमा प्रवेश गर्दा होलिका जलेको तर प्रह्लादलाई केही नभएको खुशियालीमा आपसमा रङ दलेर होली मनाउने प्रचलन छ ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l