ताजा अपडेट
विद्युतीय पुस्तकालय सञ्चालनका लागि ल्यापटप सहयोग
- 6 बर्ष, 11 महिना अगाडि
- ११ फाल्गुन २०७५, शनिबार
बेनी ११ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरु¬ङ –तातोपानीमा रहेको सर्वोदय माविमा विद्युतीय पुस्तकालय सञ्चालनका लागि एक विदेशी संस्थाले शुक्रबार ल्याप्टप सहयोग गरेको छ । दक्षिण कोरीयाको अम हङ गिल फाउण्डेशनले १७ लाख रुपैयाँ मूल्य बराबरको १९ थान ल्याप्टप कम्प्युटर सहयोग उपलब्ध गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धी पुनले... पुरा पढ्नुहोस
दिपक माविको वार्षिकोत्सव
- 6 बर्ष, 11 महिना अगाडि
- ११ फाल्गुन २०७५, शनिबार
समिर रोका पात्लेखेत ११ फागुन । बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माविको ६० औ वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार विबिध कार्यक्रम गरेर मनाइएको छ ।कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयको वार्षिकोत्सवमा नगर शिक्षा अधिकृत विश्वप्रकाश रेग्मीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी लगनशिल, शिक्षक सक्रीय र अभिभावक जिम्मेवार... पुरा पढ्नुहोस
रघुगंगाको झिमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु ( फोटो फिचर)
- 6 बर्ष, 11 महिना अगाडि
- १० फाल्गुन २०७५, शुक्रबार
कमल खत्री झिँ १० फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका ५ झिँमा शुत्रबारदेखि अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिता सुरु भएको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा जिसस प्रमुख केसीले प्रतियोगिताले विद्यार्थीहरुमा रहेको खेलकुद प्रतिभाको... पुरा पढ्नुहोस
मंगला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी महेन्द्ररत्नलाई
- 6 बर्ष, 11 महिना अगाडि
- ९ फाल्गुन २०७५, बिहीबार
सिजन रोका बाबियाचौर ९ फागुन । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न अन्तर मावि छात्रछात्रा स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बरंजाको महेन्द्ररत्न माविले जितेको छ । ११ वटा स्वर्ण, ६ वटा रजत र ९ वटा कास्य पदक जितेर पहिलो भएको महेन्द्ररत्नले रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित... पुरा पढ्नुहोस
गिद्धेश्वर महायज्ञको पाँचौ दिनसम्म करिब ३६ लाख संकलन
- 6 बर्ष, 11 महिना अगाडि
- ९ फाल्गुन २०७५, बिहीबार
बेनी ९ फागुन । जलजला गाउँपालिका ५ लेकफाँटमा रहेको गिद्धेश्वर शिवालय मन्दिरमा आयोजित श्रीमद् भागवत ज्ञान महायज्ञको पाँचौ दिन बिहीबार सम्म करिब ३६ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । धार्मिक पर्यटकीय सम्भावना बोकेको गिद्धेश्वर शिवालय मन्दिरको संरक्षण र नियमित पुजा सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले फागुन ५ गतेदेखि... पुरा पढ्नुहोस
दरबाङलाई नदी कटानबाट रोक्न नदी नियन्त्रणको काम सुरु, सेनाले गरे श्रमदान (फोटो फिचर)
- 6 बर्ष, 11 महिना अगाडि
- ९ फाल्गुन २०७५, बिहीबार
कमल खत्री बेनी, ९ फागुन । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारलाई म्याग्दी नदीको कटानबाट बचाउन नदी नियन्त्रणको काम सुरु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत गाउँपालिका र संघिय सरकारबाट विनियोजन भएको रु ३३ लाख रुपैयाँ बजेटबाट बजार संरक्षणको लागि पक्कि (मेसीनरी)पर्खाल निर्माण गर्न सुरु गरिएको हो... पुरा पढ्नुहोस
बेनीमा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
- 6 बर्ष, 11 महिना अगाडि
- ९ फाल्गुन २०७५, बिहीबार
म्याग्दी, ९ फागुन । म्यादीको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा संचालित प्रतियोगिता ४ दिनसम्म हुने छ। आठांै राष्ट्रिय खेलकुद २०७५ मा गण्डकी प्रदेशबाट सहभागिता जनाउने खेलाडी छनोटका लागि आयोजना गरिएको प्रतियोगिताको उद्घाटन... पुरा पढ्नुहोस
बाढीले क्षति पुर्याएपछि बन्द भएको थापाखोला जलविद्युत आयोजना ६ महिनापछि सुचारु
- 6 बर्ष, 11 महिना अगाडि
- ९ फाल्गुन २०७५, बिहीबार
सन्ताेष गाैतम म्याग्दी, ९ फागुन : बाढीले बाँध, सुरुङ र उपकरणमा क्षति पुर्याएपछि बन्द भएको १३.५ मेगावाट क्षमताको थापाखोला जलविद्युत आयोजना ६ महिनापछि सुचारु भएको छ। मुस्ताङको थासाङ गाउँपालिका १ टुकेचेको झिरुङ स्थित आयोजनाको बाँध, सुरुङ र इलेक्ट्रिक उपकरणमा गत साउन २६ गतेको बाढीले क्षति पुर्याएपछि... पुरा पढ्नुहोस
कोतखोला तेस्रो खानेपानी आयोजनाको आम्दानी खर्च विवरण सार्वजनिक
- 6 बर्ष, 11 महिना अगाडि
- ८ फाल्गुन २०७५, बुधबार
गोपाल आचार्य ताकम ८ फागुन । धवलागिरी गाउँपालिका ७ ताकममा निर्माण भएको कोतखोला तेस्रो खानेपानी तथा सरसफाई आयोजनाको बुधबार सार्वजनिक परिक्षण गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष देबवहादुर थापाको अध्यक्षता, सचिव ऋषीराम सुवेदीको सञ्चालन र गाउँपालिकाका अध्यक्ष थमसरा पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गत असारदेखि सञ्चालनमा निर्माण भएको आयोजनाको आम्दानी... पुरा पढ्नुहोस
मंगलाको राष्ट्रपति रनिङ्ग शिल्डमा महेन्द्ररत्न माविको अग्रता
- 6 बर्ष, 11 महिना अगाडि
- ८ फाल्गुन २०७५, बुधबार
सिजन रोका बाबियाचौर ८ फागुन । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सञ्चालित अन्तर मावि छात्रछात्रा स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बरंजाको महेन्द्ररत्न माविले अग्रता कायम गरेको छ । तीन वटा खेलको फाइनल बाँकी रहदाँसम्म बुधबारसम्म भएका खेलहरुमा ९ वटा स्वर्ण पदक सहित महेन्द्र रत्न माविले अग्रता कायम गरेको हो... पुरा पढ्नुहोस