ताजा अपडेट
बेनी–जोमसोम सडकमा पहिरोको जोखिम अध्ययन सुरु
- 6 बर्ष, 1 महिना अगाडि
- ९ पुष २०७५, सोमबार
बेनी ९ पुष । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा पहिरोको जोखिमको बारेमा भुगर्भ बिद्हरुको टोलीले स्थलगत अध्ययन सुरु गरेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको नारच्याङ पुल देखि मुस्ताङको कोवाङ खण्डको सडक स्तरोन्नती र कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले पहिरोको अध्ययन गर्न... पुरा पढ्नुहोस
जलजलाबासीलाई वडामै सम्पती तथा भुमिकर तिर्ने सुबिधा
- 6 बर्ष, 1 महिना अगाडि
- ९ पुष २०७५, सोमबार
बेनी ९ पुष । जलजला गाउँपालिका ३ स्थित वडा कार्यालयमा आइतबार व्यवसाय दर्ता र नविकरण, सम्पती तथा भूमिकर संकलनका लागि सञ्चालित घुम्ति शिविर सम्पन्न भएको छ । स्थानीयबासीको सुबिधाका लागि गाउँपालिकाले खटाएको घुम्ती टोलीले दुई दिनसम्म सञ्चालित शिविरबाट १२९ जनाबाट सम्पती तथा भुमिकर वापत एक लाख एक हजार २५४ रुपैयाँ... पुरा पढ्नुहोस
यूएईमा टिकटक समुहको भेटघाट
- 6 बर्ष, 1 महिना अगाडि
- ८ पुष २०७५, आईतवार
तिलु शर्मा पौडेल / कतार, ८ पुष । स्वदेश भन्दा बाहिर रहेर बिभिन्न संघ संस्था खोल्ने र आबद्दता हुने क्रम बढदो छ । यस्तै लहरमा हिजो शुक्रबार युएईमा फरक किसिमको जमघटको आयोजना भएको छ । पछिल्लो समय सामाजिक सञ्जाल अन्तर्गत निकै प्रसिद्ध टिक टक प्रयोगकर्ताहरुले दुबईमा भेला सम्पन्न गरेका छन... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको सडकमा पटके कर
- 6 बर्ष, 1 महिना अगाडि
- ८ पुष २०७५, आईतवार
बेनी ८ पुष । बेनी नगरपालिका क्षेत्रमा रहेका सहायक सडकमा गुड्ने सवारी साधनलाई पटके कर लगाइने भएको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको ३० औ कार्यपालिका बैठकले बेनी–जोमसोम, बेनी–दरवाङ र बेनी–रत्नेचौर बाहेक नगरपालिकाले निर्माण र मर्मत गरेका सडकबाट पटके कर संकलन गर्ने निर्णय गरेको हो ।ट्याक्सी, जिप... पुरा पढ्नुहोस
मोना कतारद्वारा प्रमुख सल्लाहकार हिमाल सुबेदीलाइ बिदाई
- 6 बर्ष, 1 महिना अगाडि
- ८ पुष २०७५, आईतवार
दोहा “प्रबासी म्याग्देली दृष्टि,सम्वृद्ध म्याग्दीको सृस्टि” भन्ने मुला नारा लिएर खाडी रास्ट्र अन्तर्गत दोहा कतारमा सन् २००३ मा स्थापना भएको म्याग्दी प्रबासी नेपालि सङ्घ रास्ट्रिय कार्यकारी समिति कतार (मोना-कतार) एक सामाजिक सस्था हो । म्याग्दी जिल्लामा जन्मनु भएका तर कतारमा रहदा मोना कतारमा रही २०१२ देखि आफनो योगदान दिदै आउनु... पुरा पढ्नुहोस
हेभी इक्युभमेन्ट प्रयोगलाई व्यवस्थित बनाउन पहल
- 6 बर्ष, 1 महिना अगाडि
- ८ पुष २०७५, आईतवार
म्याग्दी, ८ पुष । जिल्लाको अन्नपूर्ण गाउँपालिकाले हेभी इक्युभमेन्टको प्रयोग प्रतिस्पर्धा मार्फत गर्ने नीति लिएको छ । बिहीबार र शुक्रबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले एक्साभेटर, ब्याकुलोडर, टिप्पर लगायत निर्माण कार्यमा उपकरण प्रयोग गर्दा अनिवार्य प्रतिस्पर्धा गर्नुपर्ने निर्णय गरेको हो । बिशेष गरेर सडक... पुरा पढ्नुहोस
मंगलाको मोवाइल एप्स
- 6 बर्ष, 1 महिना अगाडि
- ८ पुष २०७५, आईतवार
बेनी ८ पुष । घरमै बसेर पनि गाउँपालिकाले प्रवाह गर्ने सेवाबारे बुझ्न सकिने गरी म्याग्दीको मंगला गाउँपालिकाले मोबाइल एप्स् सेवा सञ्चालनमा ल्याएको छ ।एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लीकेशनमा गएर मंगला मुनिसिपालिटी टाइप गरी इन्स्टल गरी हेर्न सकिने गाउँपालिकाका सूचना प्रविधि अधिकृत अमृता थापामगरले जानकारी दिईन । सूचना तथा जानकारी र सेवा... पुरा पढ्नुहोस
विद्यार्थी पढाउदै प्रहरी
- 6 बर्ष, 1 महिना अगाडि
- ८ पुष २०७५, आईतवार
म्याग्दी ८ पुष । कुलत र दूव्र्यसनी न्युनीकरणका लागि म्याग्दीमा प्रहरीले विद्यार्थी पढाउने अभियान चलाएको छ ।समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत कक्षा कोठामै पुगेर प्रहरीले विद्यार्थीहरुलाई प्रशिक्षण दिन थालेको हो । कुलतको जोखिममा रहेका किशोर अवस्थाका विद्यार्थीहरुलाई लक्षित गरेर प्रशिक्षण सञ्चालन गरिएको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले बताए । कक्षा ९,... पुरा पढ्नुहोस
एकिकृत घुम्ती शिविरबाट कुहुँमा ६४ जनालाई नागरिकता
- 6 बर्ष, 1 महिना अगाडि
- ७ पुष २०७५, शनिबार
म्याग्दी, ७ पुष । ‘सरकारी सेवा जनताको घरदैलो’मा भन्ने मुलनारा म्याग्दीमा प्रभावकारी देखिएको छ । भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयमा आएर सेवा लिन नसकेका बासिन्दाहरुलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको समन्वयमा शिविर संचालन गरिदै आएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले शनिबार मंगला गाउँपालिका–१... पुरा पढ्नुहोस
देविस्थानमा हेलीप्याड निर्माण
- 6 बर्ष, 1 महिना अगाडि
- ६ पुष २०७५, शुक्रबार
बेनी ६ पुष । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको स्वास्थ्य चौकी नजिकै शुक्रबार हेलीप्याड निर्माण भएको छ । विपद् ब्यवस्थापन र आपतकालीन उद्धारको कामलाई ब्यवस्थित बनाउन ‘एक वार्ड, एक हेलीप्याड’को अवधारणा अनुसार हिदीमा हेलीप्याड निमाण गरिएको हो । वडा कार्यालयको सिफारीस अनुसार शुक्रबार देविस्थान पुगेका प्रजीअ लीलाधर अधिकारी, प्रहरी नायव... पुरा पढ्नुहोस