ताजा अपडेट

शिशुको उपचारका लागि बेलायतबाट आर्थिक सहयोग

बेनी ४ पुष । म्याग्दीको धवलागिरी गाउँपालिका ७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले जन्माएका तिम्ल्याह शिशूको उपचारका लागि बेलायतबाट एक लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग जुटेको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका कमला र राजु परियारका शिशूहरुको उपचारका लागि हिलापोखरी घर भई हाल बेलायतमा रहनुभएका दुर्गाबहादुर पुनको... पुरा पढ्नुहोस

विद्यालय सञ्चालन गर्न महायज्ञ आयोजना

बेनी १७ मङसिर । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बगरफाँटमा विद्यालय सञ्चालन गर्न महायज्ञ आयोजना गरिएको छ । निजी स्रोतका शिक्षकको तलब, भत्ताको व्यवस्थापन, भौतिक र शैक्षिक गुणस्तरका साथै विद्यालयको तह थप गर्नका लागि आर्थिक स्रोत जुटाउन महायज्ञको आयोजना गरिएको हो ।... पुरा पढ्नुहोस

महायज्ञमा साढे एघार लाख संकलन

बेनी ४ पुष । जलजला गाउँपालिका ५ सहस्रकमाय स्थित चन्द्रेश्वर शिवालयमा आयोजित शिवमहापुरण तथा विश्वशान्ति धनधान्याचल ज्ञानमहायज्ञको दोस्रो दिनसम्म साढे ११ लाख रुपैयाँ भन्दा बढी सहयोग जुटेको छ । धार्मिक पर्यटकीय विकासको उद्देश्य राखेर आयोजित महायज्ञको दोस्रो दिनसम्म ११ लाख ६८ हजार ५५ रुपैयाँ संकलन भएको प्रचारप्रसार उपसमितिका सदस्य नविन... पुरा पढ्नुहोस

बेनीमा लागुऔषध सहित एक युवा पक्राउ

बेनी, ४ पुस ।  म्याग्दी सदरमुकाम बेनीमा मंगलवार एक युवा लागु औषध सहित पक्राउ परेका छन् । बेनी नगरपालिका ८ कालिपुलमा उदयपुर कटारी नगरपालिका वडा नं।१० घर बताउने २४ बर्षका आर्यन कार्कीलाई लागु औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बसपार्कमा शंकास्पद अबस्थामा हिँडीरहेको अबस्थामा उनलाई... पुरा पढ्नुहोस

धवलागिरीमा गाउँपालिका स्तरीय शिक्षा समिति गठन

बेनी ३ पुष । म्याग्दीको धवलागिरी गाउँपालिकामा मंगलबार स्थानीय तह स्तरीय शिक्षा समिति गठन भएको छ । मुना स्थित गाउँपालिकाको कार्यालयमा अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक समेत रहनुभएका ६ नम्बर वडाका अध्यक्ष राजाराम सुवेदीको अध्यक्षतामा शिक्षा समिति गठन गर्ने निर्णय गरेको हो ।... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाईः समग्र नगरपालिकालाई विकास र समृद्धितर्फ लैजान सुझाब

म्याग्दी, ३ पुस । बेनी नगरपालिकाको सबै वडामा एकिकृत विकास र समृद्धिलाई अघि बढाउन सुझाब आएको छ । चालु आर्थिक बर्ष २०७५/७६ को पहिलो चौमासिकमा नगरपालिका कार्यालय मार्फत सम्पादन भएका कार्यप्रगतिबारे मंगलवार बेनी नगरपालिका– ४ सिंगामा आयोजित सार्वजनिक सुनुवाईमा सहभागीहरुले नगरपालिका क्षेत्रको सबै वडामा एकिकृत विकासको मोडलमा रहेर काम गर्न... पुरा पढ्नुहोस

काँग्रेस महासमिति बैठकमा तनाव, माइक नै फुटाइयो

काठमाडौँ– काँग्रेस महासमिति बैठकमा तनावको स्थिति आएको छ । विधान मस्यौदा प्रतिवेदन बैठकमा प्रस्तुत गर्न ढिला भएपछि महासमिति सदस्यहरुले प्रतिवेदन विना बैठक चल्न नसक्ने अडान राख्दा तनावकाे अवस्था सिर्जना भएको हो । मंगलबारको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने भनेर अडान लिँदै गर्दा सहमहामन्त्री डा प्रकाशशरण... पुरा पढ्नुहोस

म्याग्दी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघकाे ‘देउँसीभैलो’ आयब्यय सार्वजनिक

बेनी, ३ पुस । म्याग्दी होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघकाे देउसीभैलो कार्यक्रमबाट भएको आम्दानी सार्वजनिक गरेको छ । जिल्लाको पर्यटन प्रवद्र्धन र गुणस्तरीय सेवा प्रदान लागि होटल तालिम संचालन गर्ने उद्देश्यले तिहार अवसरमा आयोजित देउसीभैलोबाट भएको आम्दानी खर्च सार्वजनिक गरिएको हो । तिहारको अवसरमा सदरमुकाम बेनी र सिंगा तातोपानीमा आयोजना... पुरा पढ्नुहोस

स्रोत व्यक्तिको भरमा स्थानीय तहका शिक्षा शाखा

बेनी ३ पुष । म्याग्दीका स्थानीय तहका शिक्षा शाखा स्रोत व्यक्तिको भरमा चलेका छन् । दरबन्दि अनुसारका कर्मचारीको व्यवस्था नहुँदा स्थानीय तहको शिक्षा शाखा स्रोत व्यक्तिले धानेका हुन् । स्थानीय तहको शिक्षा शाखामा विद्यालय निरिक्षकको नेतृत्वमा प्राबिधिक सहायक लगायत कर्मचारीको दरबन्दि भएपनि बेनी नगरपालिका बाहेक म्याग्दीका अन्य ५ वटा गाउँपालिकाको... पुरा पढ्नुहोस

कर्मचारी समायोजन अध्यादेशको विरुद्धमा स्थानीय तहका कर्मचारीहरु आन्दोलीत

बेनी २ पुष । कर्मचारी समायोजन अध्यादेशले विभेद गरेको भन्दै म्याग्दीका स्थानीय तहका कर्मचारीहरु कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । निजामती कर्मचारीहरुलाई दिइँदै आएको सेवा, सुविधाबाट आफूहरुलाई बञ्चित गराउने गरी सरकारले अध्यादेश ल्याएकोले देशव्यापी कार्यक्रम अन्तरगत म्याग्दीका स्थानीय तहको कामकाज पनि ठप्प पारिएको स्थानीय निकाय कर्मचारी संघका केन्द्रीय सदस्य... पुरा पढ्नुहोस