गुर्जामा हेलीप्याड निर्माण

  • १६ बैशाख २०७६, सोमबार
  • 2920 पटक पढिएको

बेनी १६ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा हेलीप्याड निर्माण भएको छ । सदरमुकाम बेनी देखि २६ कोष पश्चिममा रहेको गुर्जा म्याग्दीको सबैभन्दा विकट र दुर्गम वस्ती हो । दुर्घटना र विपद्को अवस्थामा आकस्मिक उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन समितिको एक वर्डा, एक हेलीप्याड अभियान अन्तरगत गुर्जामा पनि हेलीप्याड बनाइएको हो ।

हेलीप्याड निर्माणका लागि स्थानीय दिपप्रसाद छन्त्यालले जग्गा उपलब्ध गराउनुभएको थियो । हेलीप्याड निर्माणभएपछि बिरामी, पर्यटक र स्थानीयबासीलाई सहज हुने वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । गुर्जाका बासिन्दा आकस्मिक बिरामी हुँदा हेलीकप्टर मार्फत अस्पताल पुग्ने गरेका छन् । धवलागिरी गाउँपालिकाले यसअघि लुलाङ, मुना, मुदी, मराङ र ताकममा हेलीप्याड निर्माण गरिसकेको छ ।