बेगमा विकास निर्माण योजना धमाधम (फोटो फिचर)

  • १६ बैशाख २०७६, सोमबार
  • 1678 पटक पढिएको

दलप्रसाद तिलिजा
बेग १६ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा विकास निर्माण योजनाको कामले गति लिएको छ । चालु आर्थिक बर्षमा गाउँपालिका मार्फत बजेट विनियोजन भएको विभिन्न योजनाहरुको पूर्वाधार निर्माणले तिब्रता पाएको हो । गाउँपालिकासंगै अन्य निकायबाट समेत बजेट विनियोजन भएका योजनाहरुको काम अन्तिम चरणमा पुगेको वडा अध्यक्ष बिल बहादुर फगामीले जानकारी दिए ।


उनका अनुसार,बेग–बाँदुक झोलुङ्गे पुलदेखि वडा कार्यालय जाने पदमार्गमा यस बर्ष १६५ मिटर थप पदमार्ग निर्माण भएको छ । वडाको सिफारिसमा गाउँपालिकाबाट विनियोजन भएको रु १० लाख ५० हजार बजेटबाट ढलान गरेर पदमार्ग बनाईएको वडा अध्यक्ष फगामीले बताए ।


गत बर्ष लामो झोलुङ्गे पुलदेखि वडा कार्यालय जाने बाटोमा ४८ लाख बजेटबाट साढे ६ सय मिटर पदमार्ग निर्माण गरिएको थियो । अझै ३ सय मिटर पदमार्ग निर्माण गर्न बाँकी छ । त्यसैगरि यो बर्ष महादेव मावि देखि भौसरा र लिस्नेखोलादेखि फाँट जाने बाटोमा ५ लाख ५० हजार बजेटबाट पदमार्ग बनाइएको छ । रु ७ लाख बजेट विनियोजन भएको बेगखोला–बेग हरितकृषि सडक र बेग – भगवती कृषि सडक जोड्ने गरि बैकल्पिक नयाँ ट्याक निर्माण सुरु भएको छ ।


त्यसैगरि प्रतिनिधि सभा सदस्य भुपेन्द्र बहादुर थापा मार्फत विनियोजन भएको रु १० लाख बजेटबाट पञ्चासेदेखि सिमसम्म र सिरबारी खनाखे सम्मको सडक निर्माणलाई पूर्णता दिईएको छ भने वडा कार्यालयबाट भगवती जाने बाटोमा सोलिङ गरिएको छ । त्यसैगरि गाउँपालिकाबाट प्राप्त बजेटबाट तिप्याङमा पुनभिसी युवा क्लबको स्टेज निर्माण भैरहेको छ भने तिप्याङ बाँदुक जोड्ने पुनभिसी मार्गमा विनयिोजन भएको रु ८ लाख बजेटलाई कार्यान्वयनको लागि योजना सम्झौता भएको छ ।


बाँदुकमा खोप भवनको पलास्टर भएको छ भने बेग देउरालीमा साुमदायिक भवनको रेलिङ निर्माण गरिएको छ । बेगखोला युवा क्लबको स्टेज निर्माणमा सहयोग गरिएको छ भने औलको किस्मत युवा क्लबको खेलमैदानको पुननिर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारबाट लामो पुलमा गार्डेन निर्माणको तयारी भएको छ । बेगखोलाको गाउँखोलामा स्थानीय सरकार र समुदायको लगानीमा टोल भवन निर्माण सुरु भएको छ भने उपल्लोथोकमा ट्रष्ट भवन निर्माण गरिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणद्धारा महादेव माविमा विद्यालय भवन पुननिर्माणका काम समेत भैरहेको छ ।