ताजा अपडेट
मच्छिमको भूमे युवा क्लव सामाजिक कार्यमा सक्रिय
- 10 महिना, 1 दिन अगाडि
- २८ फाल्गुन २०८०, सोमबार
बेनी, २८ फागुन । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिममा रहेको भूमे युवा क्लवले विभिन्न सामाजिक कार्य गरेको छ । मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर सो कार्य गरेको हो । क्लवका पुर्व अध्यक्ष मिलन छन्त्याल (सेरबहादुर)ले मच्छिमको डाडामा दृष्य अवलोकन स्थल, सार्वजनिक शौचालय, प्रतिक्षालय निर्माण गरिएको जानकारी... पुरा पढ्नुहोस
तीन दशकपछि गाउँ फर्किएका दम्पतीले गरे मल्कबाङमा दुई लाख बढी सहयोग
- 10 महिना, 1 दिन अगाडि
- २८ फाल्गुन २०८०, सोमबार
म्याग्दी, २८ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा प्रवासबाट तीन दशकपछि फर्किएका एक दम्पतीले विद्यालय,नौमती बाजा समूह, आमा समूह र पुख्र्यौली समूहलाई रु २ लाख बढी सहयोग गरेका छन् । अमेरीकामा बसोबास गर्दै आउनुभएका मनमान छन्त्याल र सावित्री छन्त्यालको दम्पतीले जनजागृति माध्यमिक विद्यालय समेतलाई गरी रु दुई लाख १० हजार... पुरा पढ्नुहोस
चरनक्षेत्रबाट घरतर्फ फर्काउँदै बाख्राका बथान (तस्बिर)
- 10 महिना, 1 दिन अगाडि
- २८ फाल्गुन २०८०, सोमबार
बेनी, २८ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा चरनक्षेत्रबाट घरतर्फ लैजाँदै गरिएका बाख्राहरु । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित समितिको पदस्थापना
- 10 महिना, 1 दिन अगाडि
- २८ फाल्गुन २०८०, सोमबार
म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापना गरिएको छ । संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट सर्वसम्मत रुपमा सुविन श्रेष्ठको नेतृत्वमा चयन भएको नयाँ कार्य समितिलाई सोमबार औपचारिक रुपमा पद हस्तान्तरण सहित पदस्थापना गरिएको हो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठ सहित वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, प्रथम उपाध्यक्ष लिलाराम... पुरा पढ्नुहोस
लिड्स नेपालको कार्यक्षेत्र विस्तार
- 10 महिना, 1 दिन अगाडि
- २८ फाल्गुन २०८०, सोमबार
म्याग्दी र बागलुङमा कार्यक्षेत्र बनाउँदै आएको लिड्स नेपालले कार्यक्षेत्र विस्तार गरेको छ । मानसिक रोगका विरामीको संरक्षकहरुको आयआर्जन सुधारमा आयआर्जनमुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको लिड्सले म्याग्दी र बागलुङसंगै नवलपुरको बौदिकाली गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्न लागेको हो । लिड्सले बौदिकाली गाउँपालिकामा मानसिक रोगका विरामी, उनका संरक्षक तथा महिला प्रजनन स्वास्थ्य क्षेत्रमा... पुरा पढ्नुहोस
टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि पर्यटककाे गन्तव्य बन्दै
- 10 महिना, 1 दिन अगाडि
- २८ फाल्गुन २०८०, सोमबार
म्याग्दी २८ फागुन । प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गीएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार तीन सय मिटर हो । टोड्केका अनिल बुढाथोकीले गुराँस फुल्न थालेपछि म्याग्दीका साथै छिमेकी जिल्ला र देशका विभिन्न... पुरा पढ्नुहोस
सरस्वती माविमा म्याग्दी जेसीजको आँखा जाँच कार्यक्रम सम्पन्न
- 10 महिना, 2 दिन अगाडि
- २७ फाल्गुन २०८०, आईतवार
म्याग्दी, २७ फागुन । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा म्याग्दी जेसीजको आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा आइतवार सम्पन्न शिविरमा विद्यालयका विद्यार्थी र शिक्षकहरुको आँखा जाँच गरिएको छ । उक्त कार्यक्रममा विद्यालयका १... पुरा पढ्नुहोस
कुइनेखानीमा जंगलको डढेलोले गोठ जलेर नष्ट
- 10 महिना, 2 दिन अगाडि
- २७ फाल्गुन २०८०, आईतवार
म्याग्दी २७ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेखानीमा भिरमा अज्ञात व्यक्तिले लगाएको आगो फैलिएर फाँटमा रहेका पशु चौपायाका गोठ जलेका छन् । कुइनेको सिस्नेरी भीरमा लगाएको आगो भीरको तलको फाँटमा रहेको दलमान छन्त्यालका भैँसी, बाख्राका दुई वटा गोठमा पुगेपछि गोठहरु जलेका छन् । गोठमा आगलागी भएपछि गोठभिर रहेको भैँसी आगोको... पुरा पढ्नुहोस
म्याग्दी नारच्याङको छेम्दीमा ‘एक घर, एक धारा’
- 10 महिना, 2 दिन अगाडि
- २७ फाल्गुन २०८०, आईतवार
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरेका हुन् । मुलपानी र लट्टेखोरीयाको मुहानबाट पानी ल्याएर घरघरमा धारा बनाएर वितरण गरिएको कार्यवाहक वडाध्यक्ष श्याम... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकामा एमालेको नयाँ नेतृत्व,अध्यक्षतामा झलक आचार्य
- 10 महिना, 2 दिन अगाडि
- २७ फाल्गुन २०८०, आईतवार
झलक आचार्यको अध्यक्षतामा नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको नयाँ कमिटी गठन भएको छ । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न भएको पार्टीको दोश्रो अधिवेशन पछिको वन्दसत्रबाट सर्वसम्मत रुपमा नयाँ कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा यामकुमारी गर्बुजा, सचिव तेजु शेरपुञ्जा, उपसचिवमा अमृत भण्डारी र रिम पाइजा चयन हुनुभएको छ ।... पुरा पढ्नुहोस