कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प
- ७ जेष्ठ २०८२, मंगलवार
- 253 पटक पढिएको
मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको हो।
भूकम्पको धक्का कास्कीसहित म्याग्दी, बागलुङ, पर्वतलगायतका जिल्लामा महसुस भएको बताइएको छ । यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।