राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

  • ७ जेष्ठ २०८२, मंगलवार
  • 79 पटक पढिएको

 

जेठ, ६ काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नर नियुक्तिका विषयमा सहमती नहुदा लामो समयदेखि गभर्नर रिक्त रहेको थियो ।

मंगलबार विहान काँग्रेस सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री केपी ओली बिच भएको भेटवार्तामा सहमती जुटे संगै  साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा. पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्योल सकिएको हाे । साथै, गभर्नरको विषयलाई लिएर चुलिएको भनिएको सत्ता संकट पनि टरेको छ ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीनजनाको नाम गभर्नरमा सिफारिस गरेको थियो । पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो । सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो ।