ताजा अपडेट
जन्मदिनमा शिक्षकद्धारा विद्यालयलाई नगद रु ५० हजार बढी सहयोग
- 11 महिना, 7 दिन अगाडि
- २८ जेष्ठ २०८१, सोमबार
म्याग्दी २८ जेठ । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङको अर्बाङमा रहेको जनविकास आधारभूत विद्यालयका एक शिक्षकले विद्यालयलाई नगद रु ५० हजार बढी सहयोग गर्नुभएको छ । विद्यालयका शिक्षक यामकुमारी खोरजा पुनले आफ्नो ४३ औँ जन्मदिनको अवसरमा सोमबार विद्यालयलाई रु ५० हजार १०५ आर्थिक सहयोग गर्नुभएको हो । शिक्षक पुन वि.स. २०६१... पुरा पढ्नुहोस
बेनी–जोमसोम–कोरला योजना : आठ वर्षमा ८० प्रतिशत भौतिक प्रगति
- 11 महिना, 7 दिन अगाडि
- २८ जेष्ठ २०८१, सोमबार
म्याग्दी, जेठ २८ । आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ । भारतीय सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ... पुरा पढ्नुहोस
अन्नपूर्णका किसानलाई नश्ल सुधारका लागि बोयर बोका
- 11 महिना, 7 दिन अगाडि
- २८ जेष्ठ २०८१, सोमबार
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नश्ल सुधारको लागि बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गरेको छ। १० औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिकाले १२ जना किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको हो । गाँउपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा बाख्रापालक किसानलाई प्रोत्साहनका लागि स्थानीय जातको बाख्राको नश्ल सुधार गर्दै उत्पादन तथा मासुमा... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिका उत्कृष्ट ५ कृषक र एक समुहलाई नगदसहित सम्मानित
- 11 महिना, 8 दिन अगाडि
- २७ जेष्ठ २०८१, आईतवार
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उत्कृष्ट कृषकलाई नगद पुरस्कार सहित सम्मानित गरेको छ । आइतबार १० औं कृषक दिवसको अवसरमा उत्पादनमा आधारित उत्कृष्ट कृषक सम्मान कार्यक्रमा गाउँपालिका भित्रका उत्कृष्ट ५ जना कृषक र एक समुहलाई सम्मान गरिएको हो । बरूवाल हरियाली तरकारी फर्म घारका सञ्चालक तेजबहादुर बरुवाल,चित्र कृषि तथा पशुपंक्षी फर्म राम्चेका... पुरा पढ्नुहोस
अन्नपूर्ण आधार शिविरमा मौरिस हर्जोगको शालिक स्थापना
- 11 महिना, 8 दिन अगाडि
- २७ जेष्ठ २०८१, आईतवार
म्याग्दी , २७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको शालिक राखिएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुरा भएको अवसरमा अन्नपूर्ण हिमालका प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राखिएको हो । सन् १९५० जुन ३ मा हर्जोग... पुरा पढ्नुहोस
सेनाको एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित
- 11 महिना, 8 दिन अगाडि
- २७ जेष्ठ २०८१, आईतवार
म्याग्दी । जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको आयोजनामा भएको बृहत् एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित भएका छन् । नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको आयोजनामा शनिबार भएको शिविरमा स्वास्थ्य कार्यालय म्याग्दी, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, आयुर्वेद स्वास्थ्य केन्द्र, बेनी अस्पताल,... पुरा पढ्नुहोस
मौवाफाँट मगर समाजको नवनिर्मित भवन उद्घाटन (फाेटाे फिचर)
- 11 महिना, 8 दिन अगाडि
- २७ जेष्ठ २०८१, आईतवार
म्याग्दी, २६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा मगर समाजको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । कुल ५५ लाख ४८ हजार ४९ रुपैयाँ लागतमा एक तले बहुउदेश्यीय सभाहल सहितको भवन निर्माण भएको हो । गाउँपालिका, प्रदेश सरकार, चन्दा सहयोग र श्रमदानबाट भवन निर्माण गरिएको मौवाफाँट मगर समाजका अध्यक्ष... पुरा पढ्नुहोस
सरकारलाई भेडिगोठबाट खुलापत्र :‘गोठालालाई बजेटले कहिले सम्बोधन गर्छ’ ?
- 11 महिना, 9 दिन अगाडि
- २६ जेष्ठ २०८१, शनिबार
हिमबहादुर छन्त्याल, (देवान) ,म्याग्दी । बर्खा लाग्यो, वेशी झरेका गोठलाई बुकी लैजाने सुरसार गर्दै छौँ । हिउँदभर बेशीका फाँटहरुमा घाँस खुवाउने र जग्गा मोल्ने काम गरेर हामी यतिबेला हिमाली र लेकाली क्षेत्रका भन्ज्याङहरुमा उक्लदै छाँै । पहाडका अक्करे भिर, खोला नाला, घना जंगल छिचोल्दै बुकी पुगेपछि करिब चार महिना अब... पुरा पढ्नुहोस
अन्नपूर्णमा पर्यटन गाईड ट्रेकिङ तालिम सुरु
- 11 महिना, 9 दिन अगाडि
- २६ जेष्ठ २०८१, शनिबार
म्याग्दी, २५ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पालिका भित्रका युवाहरुलाई लक्षित गरी पर्यटन ट्रेकिङ गाईड तालिम सुरु गरेको छ । पालिकाको वडा नं. ४ नारच्याङमा रहेको सिर्जनशिल आमा समुहमा सभाहलमा संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय अन्तरर्गतको नेपाल माउटेन एकेमेडका प्रशिक्षकहरुले १५ दिन सम्म तालिममा सहजिकरण गर्ने गाउँपालिका प्रमुख प्रशासकीय... पुरा पढ्नुहोस
आमाको स्मृतिमा पुस्तक सौजन्य
- 11 महिना, 10 दिन अगाडि
- २५ जेष्ठ २०८१, शुक्रबार
स्वर्गीय आमा किर्तमाया पुनमगरको स्मृतिमा बैज्ञानिक डा. महावीर पुन, मेजन पुन द्धारा लिखित आत्मकथा, धौलाश्री र मगरचलचित्र नामक पुस्तक म्याग्दी जिल्लाका विद्यालयहरु र संघसंस्थाहरुमा हस्तान्तरण गरिएको छ । मंगला गाउँपालिका वडा नं. १, भर्जुला हाल अष्ट्रेलिया निवासी छोरी शान्ता पाइजा, ज्वाई मनिष पाइजा र मगर समाज अष्ट्रेलियाको आर्थिक सहयोग र... पुरा पढ्नुहोस