ताजा अपडेट
मिक्चरमा बेरिएर म्याग्दीका युवाको मुस्ताङमा मृत्यु
- 5 बर्ष, 14 दिन अगाडि
- २० चैत्र २०७७, शुक्रबार
मुस्ताङ २० चैत । राष्ट्रिय गौरवको बेनी–जोमसोम –कोरला सडकअन्तरगत बेनी–जोमसोम सडकको मुस्ताङखण्डमा काम गर्ने एक मजदुरको शुक्रबार मिक्चरमा बेरिएर मृत्यु भएको छ । सडक खण्डको घरपझोङ गापा –३ स्याङमा म्याग्दीको मंगला गाउँपालिका–४ का २० बर्षिय लालबहादुर रोकाको मिक्चरमा बेरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिनुभयो... पुरा पढ्नुहोस
बेनी– जोमसोम सडकमा एक सातापछि सिधा यातायात सुचारु
- 5 बर्ष, 14 दिन अगाडि
- २० चैत्र २०७७, शुक्रबार
बेनी, २० चैत । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा एक सातापछि सिधा यातायात सेवा सुचारु भएको छ । सडकखण्ड अन्र्तगत म्याग्दी र मुस्ताङको सिमा क्षेत्रमा पर्ने काभ्रेभिरमा विस्फोटक पदार्थको प्रयोग गरि सडक चौडा बनाउनका लागि गत चैत १४ गतेदेखि सिधा यातायात बन्द गरिएको थियो । गत पुसदेखि निर्माण कम्पनी... पुरा पढ्नुहोस
गण्डकीका नौ जिल्लामा एमालेकाे नेपाल समूहकाे समानान्तर संरचना घाेषणा
- 5 बर्ष, 15 दिन अगाडि
- १९ चैत्र २०७७, बिहीबार
कास्की १९ चैत। नेकपा एमालेको माधव नेपाल समूहले गण्डकी प्रदेशका नौ जिल्लामा समानान्तर जिल्ला कमिटी सचिवालय घोषणा गरेको छ । बिहीबार बरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा पोखरामा भएको कार्यक्रममा संयोजक सुरेन्द्र पाण्डेले सातवटा जिल्लामा जिल्ला अध्यक्ष र सचिव चयन गर्दै जिल्ला सचिवालय घोषणा गरेका हुन् । केही जिल्लाका सचिव भने... पुरा पढ्नुहोस
बेगमा माओवादी केन्द्रको संगठन पुनर्गठन
- 5 बर्ष, 15 दिन अगाडि
- १९ चैत्र २०७७, बिहीबार
म्याग्दी १९ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा नेकपा माओवादी केन्द्रको वडा कमिटी पुनर्गठन गरिएको छ । बेगमा आयोजित अगुवा कार्यकर्ताहरुको भेलाले बालकुमार गर्वुजाको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको भविन्द्र शेरपुञ्जाले जानकारी दिनुभयो । भेलाले पार्टी कमिटी पुर्नगठन संगै संगठन विस्तारको कार्ययोजना समेत निर्माण गरेको छ । नेकपा... पुरा पढ्नुहोस
एमाले अध्यक्ष ओलीद्वारा सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई समेत ६ महिना निलम्बन
- 5 बर्ष, 15 दिन अगाडि
- १९ चैत्र २०७७, बिहीबार
काठमाण्डौँ १९ चैत । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि कारबाहीको घोषणा गरेका छन् । पार्टी हित विपरितको गतिविधि गरेको भन्दै यसअघि स्पष्टीकरण सोधिएका पाण्डे र भुसाललाई ओलीले बिहीबार ६ महिना पार्टी सदस्यबाट निलम्बनको घोषणा गरेका हुन् । ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल... पुरा पढ्नुहोस
कर्मचारीलाई कोरोना भएपछि मिस्ट्रीखोलाको परीक्षण उत्पादन प्रभावित
- 5 बर्ष, 15 दिन अगाडि
- १९ चैत्र २०७७, बिहीबार
म्याग्दी १९ चैत । कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन समयतालिका प्रभावित भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोला आयोजनाले चैत १७ गते मङ्गलबारदेखि परीक्षण उत्पादन शुरु गर्ने तयारीसहित समय तालिका बनाएको थियो... पुरा पढ्नुहोस
गुमेको ज्योति फर्किएपछिको खुसी -आलेख (भिडियाे सहित)
- 5 बर्ष, 16 दिन अगाडि
- १८ चैत्र २०७७, बुधबार
धिरन खत्री बेनी, १८ चैत । धवलागिरि गाउँपालिका–७ ताकमका ८५ बर्षिय धनबहादुर विकले विगत ४ बर्षदेखि राम्रोसंग आँखा देख्न छाड्नुभएको थियो । बुढयौली लागेसंगै आँखामा समस्या आएपछि हिँडडुल गर्न आफन्तको साहरा लिदै आउनुभएका विकको आँखाको ज्योति फर्किएसंगै उहाँको गुमेको खुसी पनि फर्किएको छ । ‘‘ चार बर्षदेखि दाइने आँखाले मेसो... पुरा पढ्नुहोस
नारच्याङमा १२ जनामा कोरोना संक्रमण पुष्टि
- 5 बर्ष, 16 दिन अगाडि
- १८ चैत्र २०७७, बुधबार
म्याग्दी १८ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको मिस्त्रीखोला जलविद्यूत आयोजनामा कार्यरत १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै कन्ट्याक ट्रेसिङमा परेकाहरु रहेको स्वास्थ्य कार्यालय म्याग्दीमा प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । आयोजनामा कार्यरत भारतीय मजदुरमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रसिङमा परेका ७६ जनाकै नमुना संकलन... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिका अध्यक्ष र काँग्रेस जिल्ला सदस्य भण्डारीद्धयलाई मातृशोक
- 5 बर्ष, 16 दिन अगाडि
- १८ चैत्र २०७७, बुधबार
म्याग्दी १८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीलाई मातृशोक परेको छ । नेपाली काँग्रेस म्याग्दीका नेता समेत रहनुभएका भबहादुर र काँग्रेस जिल्ला कार्य समितिका सदस्य केवि भण्डारीकी आमा नैनकला भण्डारीको ८६ बर्षको उमेरमा निधन भएको हो । स्वास्थ्य समस्याको उपचार पश्चात घरमै स्वास्थ्यलाभ गरिरहनुभएकी भण्डारीको मंगलवार राती निधन... पुरा पढ्नुहोस
बेनीमा ६८ जनाको मोतिविन्दु शल्यक्रिया (तस्बिर र भिडियो )
- 5 बर्ष, 17 दिन अगाडि
- १७ चैत्र २०७७, मंगलवार
धिरन खत्री म्याग्दी १७ चैत । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविरमा ६८ जनाले उपचार गराएका छन् । ग्रामीण भेगमा मोतिविन्दुका कारण आँखा नदेख्ने अवस्थामा पुगेका विरामीहरुलाई लक्षित गरि सञ्चालन गरिएका आँखा जाँच शिविरबाट पहिचान भएका विरामीहरुको उपचारका लागि बेनीमा मोतियाविन्दुको शल्यक्रिया शिविर सञ्चालन गरिएको हो । https://www.youtube.com/watch?v=S1l8aJH5E5k&t=4s... पुरा पढ्नुहोस