प्रवासि नेपालि मञ्च कतारको नयाँ नेतृत्व चयन,महासचिवमा म्याग्दीका गिरी चयन

  • २० बैशाख २०७८, सोमबार
  • 1047 पटक पढिएको

कतार २० वैशाख । कतारमा विभिन्न पेशा, व्यवसाय र रोजगारमा रहेका प्रगतिशिल, जनवादी तथा बामपन्थि नेपालीहरुको साझा र शसक्त संगठनको रुपमा छवि बनाएको प्रवासि नेपालि मञ्च कतारको नयाँ नेतृत्व चयन गरिएको छ । अनलाइन जुम भेलामार्फत गरिएको भेला मार्फत चितवन जिल्लामा स्थायि घर भै लामो समयदेखि कतारमा ब्यबसाय गर्दै आउनुभएका रामहरी गैरेको अध्यक्षतामा प्रवासि नेपालि मञ्च कतारको नयाँ नेतृत्व चयन गरिएको हो।

नेकपा (एमाले) प्रबास पार्टी कमिटि संयोजक तथा केन्द्रिय सदस्य श्री प्रशाद शाहको अध्यक्षता, बरिष्ठ नेता तथा पुर्ब प्रधानमन्त्री माधब कुमार नेपालको प्रमुख आतिथ्यता र उप–महासचिब घनश्याम भुषालको विशेष आतिथ्यतामा गत शुक्रवार सम्पन्न मध्यपुर्बका देशहरुमा रहेका नेपालिहरुको संयुक्त अनलाईन जुम भेलाबाट मध्यपुर्बका अन्य देशहरुको साथै कतारस्थित प्रबासी नेपाली मञ्च कतारको खनाल–नेपाल पक्षको आधिकारिक कमिटि घोषणा भएको कुरा जानकारी गराईको थियो। त्रिचालिस सदस्यिय उक्त कमिटिको महासचिवमा म्याग्दीका थम कुमार गिरी चयन हुनुभएको छ भने कमिटिकी अन्य पदाधिकारी र सदस्यहरु निम्नानुसार रहनुभएको छ।