ताजा अपडेट

ढकमक्क लालिगुराँसले रंगिए कुइनेमंगलेका जंगल (फोटो फिचर)

म्याग्दी ६ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेका जंगलमा फुलेका लालिगुराँसका फुलहरुले रङ्गिन बनेका जंगल । कुइनेमंगलेको पात्लेखर्कमाथिका लसुनबारी, चिमाली बुकी यरियाका जंगलमा थरीथरीका गुराँसका फुलहरुले सजिएका छन् । गुराँस फुलेपछि जंगलमा पुग्नेहरु रमाउने गरेका छन् । तस्बिरः याम घर्तिमिरे पुरा पढ्नुहोस

म्याग्दीको चिनारी समेटिएको म्याग्दी सहकारीको क्यालेण्डर सार्वजनिक

म्याग्दी ५ वैशाख । म्याग्दीको चिनारी समेटेर तयार गरिएको नयाँ बर्ष २०७८ सालको क्यालेण्डर सार्वजनिक गरिएको छ । काठमाण्डौमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.ले तयार गरेको भित्ते र टेवल क्यालेण्डर बेनीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । म्याग्दीको पर्यटन, कला, संस्कृति , सम्पदा र चिनारीलाई समेटिएको... पुरा पढ्नुहोस

सदरमुकामकै योजना अधकल्चो

म्याग्दी, ५ बैशाख । विकास निर्माण योजनाहरुमा दुर्गम र ग्रामिणबस्तीमा सरोकारवालाहरुको ध्यान नपुगेको गुनासो बढी रहेको बेला म्याग्दी सदरमुकाम बेनीमै महत्वको एक आयोजना अधकल्चो बनेको छ । हाईप्रोफाईल निर्माण ब्यवसायीले जिम्मा लिएको आयोजनामा चरम ढिलासुस्तीले अलपत्र परेपछि स्थानीयनै आन्दोलित बनेका छन् । प्रंसग हो, सदरमुकाम बेनीस्थित निर्माणाधिन मंगलाघाट–हाडेभिर–बगरफाँट सडक आयोजनाको... पुरा पढ्नुहोस

राखु भगवतीमा विश्वहिन्दू महासंघ गठन

  म्याग्दी, ५ बैशाख । रघुगंगा गाउँपालिका–२ भगवती म्याग्दीमा धु्रव अधिकारीको अध्यक्षतामा १३ सदस्यीय वडास्तरीय विश्वहिन्दू महासंघ गठन गरिएको छ । महासंघमा आवद्धलाई श्रीमद्भागवत् गीता निःशुल्क वितरण गरिएको छ । महासंघको उपाध्यक्षमा भानबहादुर भण्डारी, सचिवमा हिमाल रिजाल, सहसचिवमा राजु कुमारी शाही, कोषाध्यक्षमा भोलानाथ रिजाल रहेको समितिको सदस्यहरुमा क्रमशः सुरतबहादुर कार्की,... पुरा पढ्नुहोस

बिममा माओवादी केन्द्र र जनवर्गीय संगठनको वडा कमिटी पुनगठन

  म्याग्दी, ५ बैशाख । नेकपा माओवादी केन्द्रको मालिका गाउँपालिका–७ बिममा पार्टी र जनवर्गीय संगठनको वडा कमिटि पुनगठन भएको छ । बिममा आइतबार भएको कार्यकर्ता भेलाले पार्टी, वाइसीएल र दलित मुक्त मोर्चा पुनगठन गरेको हो । धनकुमार पाइजा इञ्चार्ज, वुद्धीबहादुर जुग्जाली अध्यक्ष र होमन जुग्जाली सचिब रहेको ३७ सदस्यीय माओवादी केन्द्रको... पुरा पढ्नुहोस

पुस्तक व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा लिलाराम गौतम

म्याग्दी, ५ बैशाख । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका लिलाराम गौतम विजयी भएका छन् । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षतमा गौतम निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित गौतमले ६९ मत ल्याउँदा प्रतिस्पर्धी पोखराका जगदिश गौतमले २७ मत लिएका... पुरा पढ्नुहोस

वडास्तरमा वाइसीएलको संगठन बिस्तार तीव्र

  म्याग्दी ४ बैशाख । बेनी नगरपालिका–६ मा शनिबार नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएलले संगठन बिस्तार गरेकोे छ । केदार पौडेलको अध्यक्षतामा २७ सदस्यीय वाइसीएलको वडा कमिटि गठन भएको हो । नबिन पौडेल इञ्चार्ज, सन्तोष नेपाली र दया रिजाल उपाध्यक्ष, दिपेश बानिया सचिब र आस्था ढुङ्गााना कोषाध्यक्ष रहनुभएको वाइसीएल म्याग्दीले... पुरा पढ्नुहोस

काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्छ : संग्रौला

म्याग्दी, ४ बैशाख । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभाकी सदस्य डा. डिला संग्रौलाले काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी भएको बताईन । काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजबादी पाटी मिलेर नयाँ सरकार बनाउने तयारी भइरहेको जानकारी दिईन । शनिबार नेपाल प्रेस युनियन म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा... पुरा पढ्नुहोस

प्रथम मोना खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

म्याग्दी, ४ बैशाख । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले आयोजना गरेको प्रथम ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मोना युईएको आयोजनामा शुक्रबार भएको नेपाली अन्तर संस्था ब्याटमिन्टन प्रतियोगितामा पुरुष लेभलमा (ए ) को उपाधी नेपाल ब्याडमिन्टन कमिती युएई र लेभल बि को उपाधी तनहुँ सेवा समाज जितेको छ ।... पुरा पढ्नुहोस

एमाले सांसदले फ्लोर क्रस गर्दा कर्णालीमा शाही सरकार जोगियो

काठमाण्डौँ, ३ बैशाख। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गरेका छन् । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो । शुक्रबार कर्णाली प्रदेशसभामा भएको मतदान प्रक्रियामा शाहीको पक्षमा बहुमत सांसद उभिएका हुन् । प्रदेशसभामा... पुरा पढ्नुहोस