बच्न बचाउन तपाईको मास्क खोइ अभियान

  • २४ श्रावण २०७८, आईतवार
  • धिरन खत्री
  • 872 पटक पढिएको

बेनी, २४ साउन । म्याग्दीमा दिन प्रतिदिन कोरोनाका संक्रमित संख्या बढ्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीमा तपाईको मास्क खोई अभियान संचालन गरिएको छ। एकहप्ते मास्क अभियान अन्तरगत बेनी नगरपालिका, प्रशासन र प्रहरी कार्यालय, म्याग्दी उद्योग बाणिज्य संघ लगायतका विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा तपाईंको मास्क खोई बन्दै बजारमा मास्क वितरण गरेका हुन् ।


प्रहरीले सन्देशमुलक पेले कार्डमा स्वास्थ्य मापदण्डहरुले जानकारी गराएको थियो । बजारमा आवत–जावत गर्ने मानिसहरूले स्वास्थ्य मन्त्रालयबाट निधारण गरेका स्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोना भाइरस बढिरहेको हुनाले यसबाट बच्न र बचाउनका लागि सन्देशमूलक सन्देशसहित बजारमा तपाईको मास्क खै अभियान संचालन गरिएको नगरपालिका मेयर हरिकुमार श्रेष्ठले बताए । व्यापारीहरूले ग्राहकहरूलाई अनिवार्य मास्क लगाएर मात्र पसलमा पस्न लगाउने र ब्यापारीहरूले अनिवार्य माक्स र सेनिटाइजर प्रयोग गर्ने सन्देशसहित बजारमा माक्स अभियान संचालन गरिएको मेयर श्रेष्ठले जानकारी दिनुभयो ।


मास्क नलगाएका संर्वसाधारणलाई मास्क लगाउदै सचेत गराएका थिए । पछिल्लो समयमा कोरोना भाइरस कोभिड–१९ को लकडाउन केही खुकुलो हुँदा जिल्लाका सार्वजनिक स्थानहरूमा मानिसको जमघट, बजारमा मास्क प्रयोग नगरी मानिसको बढी आवातजावत गरिरहेका छन् ।


तपाईंको माक्स खै भन्दै सदरमुकाम बेनी परिक्रमा गर्दैै ब्यापारी, संर्वसाधारणलाई अनिवार्य मास्क लगाउन अपिल गरिएको र स्वास्थ्य मापदण्ड पालना गरी ब्यापार ब्यवसाय गर्न आग्रह गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए । स्वास्थ्य कार्यालय म्याग्दीको तथ्यांकअनुसार हालसम्म जिल्लामा २ हजार ९४० जना कोरोना संक्रमित भेटिएका छन् । भने संक्रिय संक्रमित १२० जना रहेका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l