ताजा अपडेट

म्याग्दीमा बर्षा संगै मध्य पहाडसम्म नै हिमपात

म्याग्दी २४ फागुन । म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरि यस बर्षको पहिलो हिमपात भएको छ । माथिल्लो हिमाली बस्तीहरुमा शुक्रवार देखि नै हिमपात सुरु भएपनि तत्लो क्षेत्रमा भने शनिवार विहानदेखि मात्रै हिमपात भएको हो । हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । गयरातीदेखि परेको  बर्षासंगै हिमपात... पुरा पढ्नुहोस

सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नुभएकी ८५ बर्षिया भण्डारीलाई सम्मान

म्याग्दी २४ माघ । यहाँकी एक बृद्धाले आफुले पाउँदै आएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ ,भगवतिकी नैनकली भण्डारीले आफुले पाउँदै आएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नुभएको हो ।मंसिरदेखी यता जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने स्वेच्छिक... पुरा पढ्नुहोस

बेनी खानेपानीमा नयाँ संचालक समिति चयन, अध्यक्षमा रेग्मी

म्याग्दी २३ माघ । म्याग्दी सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्ति गर्दै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा माधव प्रसाद रेग्मी चयन हुनुभएको छ । शुक्रबार सम्पन्न २१ औ वार्षिक साधारणसभा तथा १० औ अधिबेशनले रेग्मीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ संचालक समिति चयन गरेको हो । संचालक समितिको उपाध्यक्षमा... पुरा पढ्नुहोस

नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा मालिकामा अगुवा कार्यकर्ता प्रशिक्षण

म्याग्दी २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले जिल्लाको मालिका गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गराएपछि ओलीको प्रतिगामी कदमका विरुद्धमा नेकपाको प्रचण्ड नेपाल पक्षले आन्दोलन र कार्यकर्ता भेला तथा प्रशिक्षणलाई तिब्रता दिएको छ । मालिका... पुरा पढ्नुहोस

शैक्षिक गुणस्तर अभिवृद्धि गर्न दीर्घकालीन नीति सहित कार्यन्वयन आवश्यक: प्रध्यापक डा. थापा

बागलुङ २३ माघ  । धौलागिरी बहुमुखी क्याम्पस बागलुङका प्रध्यापक डाक्टर दिन बहादुर थापाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न दीर्घकालीन नीति तयार गरी कार्यन्वयन गर्नुपर्ने बताउनु भएको छ । त्यसको लागि सिकाई वातावरण, प्रविधिमैत्री शिक्षा, शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाले आ आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने प्रध्यापक थापाको भनाई छ... पुरा पढ्नुहोस

भ्रष्टाचारीलाई  मृत्युदण्ड या फासी दिनुपर्छ

चिम्खोले काइला (बेलायत) नेपालको राजनीति उत्सर्गमा पुगेर धरातलमा छताछुल्ल भएको छ । कुन राजनीतिक पार्टी तथा नेतालाई साथ र सहयोग दिनुपर्ने हो जनता अन्योलमा छन् । विगतका दिनहरुमा अन्तरपार्टी घात तथा प्रतिघात भएको अनुभव हुन्थ्यो भने आजको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दण्ड सिर्जना भएको कारणले झण्डै दुई तिहाइको... पुरा पढ्नुहोस

दाना–कुश्मा प्रसारण आयोजना सम्पन्न नहुँदै उद्घाटन

म्याग्दी २३ माघ ।  नेपालकै दोस्रो ठूलो राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत निर्माण भएको सबस्टेसन तथा प्रसारण लाइन प्रधानमन्त्री केपी ओलीले शुभारम्भ गरेका छन् । आयोजनाको काम पूरा नहुँदै प्रधानमन्त्री ओलीले ऊर्जामन्त्री टोपबहादुर रायमाझीको उपस्थितिमा भर्चुअल उद्घाटन गरेका हुन् । आयोजनाअन्तर्गत कुश्मा नगरपालिका—२ खुर्कोटस्थित २२०र१३२ केभी र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,... पुरा पढ्नुहोस

संवैधानिक आयोगमा नियुक्तिका सम्बन्धमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौं २३ माघ । सर्वोच्च अदालतले संवैधानिक परिषदको बैठकका सिफारिसका आधारमा विभिन्न संवैधानिक आयोगमा भएका नियुक्तिबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता डाक्टर दिनेश त्रिपाठीले संविधानको प्रतिकुल हुने गरी सरकारले अध्यादेश ल्याएर सोही अध्यादेशमार्फत संवैधानिक परिषदको बैठक बसी विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि गरिएको सिफारिस असंवैधानिक... पुरा पढ्नुहोस

दाना– कुश्मा प्रशारण लाइन र सब–स्टेशन उद्घाटन (फोटो फिचर)

खुर्कोट, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार म्याग्दीको दाना र पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको प्रशारण लाइन तथा सबस्टेशनको भर्चुअल बिधिबाट उद्घाटन गर्नुभएको छ । बालुवाटार स्थित एक्सन रुमबाट कुश्मा–२ खुर्कोटमा रहेको सबस्टेशन उद्घाटन गर्नुभएको प्रधानमन्त्री ओलीले नेपाल अब बिद्युत निर्यातको बाटोमा अघि बढेको बताउनुभयो । बिहान... पुरा पढ्नुहोस

नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा रघुगंगामा अगुवा कार्यकर्ता भेला (फोटो फिचर)

म्याग्दी २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले रघुगंगा गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम विहिवार सम्पन्न गरेको छ । नेकपा रघुगंगा गाउँपालिका कमिटीका सचिब हरि भण्डारीको अध्यक्षतामा भएको भेलालाई नेकपा म्याग्दीका अध्यक्ष एवम संविधान सभा सदस्य गोविन्द पौडेलले प्रधानमन्त्री ओली लामो संर्घष र बलिदानबाट प्राप्त उपलब्धीहरुलाई... पुरा पढ्नुहोस