लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित हुने पक्का

  • २६ श्रावण २०७८, मंगलवार
  • 1011 पटक पढिएको

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित हुने पक्का भएको छ ।

पीएसजीसँग दुई वर्षे सम्झौताका लागि मेस्सी सहमत भएको स्काई स्पोर्ट्सले जनाएको छ ।

पीएसजीले मेस्सीलाई २ वर्षको सम्झौता गर्न औपचारिक प्रस्ताव गरेको थियो । यस्तै सम्झौता थप गर्नका लागि बिकल्प समेत दिएको थियो । जसमा मेस्सी सहमत भएका हुन् ।

यस्तै पीएसजीले मेस्सीलाई कर काटेर वार्षिक २५ मिलियन पाउण्डको प्रस्ताव गरेको बताईएको छ ।

६ पटकको बालोन डी ओर विजेता मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन् ।

बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा क्लबसँग सम्झौता नवीकरण गर्न असफल भएका थिए ।

३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । त्यसयता मेस्सी टिमको महत्वपूर्ण सदस्य रहदै आएका थिए ।

बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरे ।

साभार खेलपाटी डटकम