बंरजाका वडाअध्यक्ष ओमबहादुर रोका मगरको निधन

  • २४ श्रावण २०७८, आईतवार
  • 606 पटक पढिएको

म्याग्दी, २४ साउन । जिल्लाको मंगला गाउँपालिका वडानम्बर ४ बंरजाका वडाअध्यक्ष ओमबहादुर रोका मगरको निधन भएको छ । बंरजाका ४३ बर्षिय वडा अध्यक्ष रोका मगर विरामी भएपछि बेनी अस्पताल ल्याउने क्रममा शनिबार निधन भएको हो ।

उच्च रक्तचाप, कलेजो र मृर्गौला रोगको समस्यामा रहेका वडा अध्यक्ष रोकामगर मणिपाल अस्पतालमा उपचार गरेर घर फर्किएरका थिए । शनिबार अकस्मात समस्या देखिएपछि उपचारका लागि बेनी अस्पताल ल्याउदाँ उन्को निधन भएको थियो ।

१० बर्षे जनयुद्धमा सहभागि रोका मगर नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला सदस्य समेत रहेका छन् । रोका मगर विस २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनको निधनप्रति नेकपा माओवादी केन्द्र र मंगला गाउँपालिकाले शोक ब्यक्त गरेको छ । उन्का बा,आमा, श्रीमति र एक छोरा छन् । रोकाको शव आईतबार धार्मिक विधिपुर्वक दाहसंस्कार गाउँमै गरिने छ ।