पर्वतमा ज्यान मारेर भागका नेपाली ८ बर्षपछि पक्राउ

  • २२ श्रावण २०७८, शुक्रबार
  • 752 पटक पढिएको

कुश्मा, २२ साउन । जिल्ला प्रहरी कार्यालय पर्वतले ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी पक्राउ गरेको छ । बिहादी गाउँपालिका–१ बाच्छाका ३१ वर्षीय डिलबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । नेपालीलाई जिल्ला अदालत पर्वतले २०७० असार ३ गते ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सुनाएको थियो ।

आठ वर्षसम्म फरार रहेका नेपालीलाई खोजतलासको क्रममा कुश्मा नगरपालिका–५ बडागाउँबाट प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । प्रतिवादी नेपालीलाई अदालतले तोकिएको कैद–सजाय भुक्तानीको लागि कारागार चलन गरेको प्रहरी निरीक्षक अधिकारीको भनाई छ ।