ताजा अपडेट

मालिकाधुरीमा झण्डा फहराउँदै (फोटो फिचर)

बेनी, ११ फागुन । म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमाक्षेत्रमा अवस्थित मालिकाधुरीमा राष्ट्रिय झण्डा फहराउँदै आन्तरिक पर्यटक । समुन्द्री सतहदेखि ३ हजार ३५० मिटर उचाइमा अवस्थित मालिकाधुरीबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका एक दर्जनबढी हिमालहरुलाई अवलोकन गर्न सकिन्छ ।मालिकामा मनोकाँक्षा पुरा हुने जनविश्वासले भाकल गर्ने र अग्लो चुचुरोबाट हिमालको अवलोकनका लागि... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसले विद्यार्थीलाई प्रवेश परिक्षा लिएर मात्र भर्ना गर्ने

म्याग्दी, ११ फागुन । बेनीमा रहेकाे म्याग्दी बहुमुखी क्याम्पसमा अब नयाँ पढ्न जाने विद्यार्थीलाई प्रवेश परिक्षा लिएर मात्र भर्ना गर्ने भएको छ । क्याम्पसमा सोमबार पत्रकार सम्मेलन गरेर क्युएए प्रमाणपत्र लिने बेलामा पेश गरेको शैक्षिक सुधार कार्ययोजना अनुसार पहिलो पटक प्रवेश परिक्षा लिएर मात्र विद्यार्थीलाई भर्ना गर्ने तयारी गरिएकाे जानकारी... पुरा पढ्नुहोस

गलकोटमा ३ सामुदायीक वनमा आगोलागी आगो नियन्त्रण बाहिर हुँदा स्थानिय चिन्तित

थम्मन थापा फागुन ११ ।  गलकोट नगरपालिका वडा नं ५ र ७ का ३ सामुदायीक वनमा आगोलागी हुँदा करोडौको क्षति भएको छ । भैंसे दान्सिङ डाँडा सामुदायीक वन गलकोट नगरपालिका वडा नं ५ देखि सुरु भएको आगो छिमेकी वडाको ठुलाचौर सामुदायीक वन सम्म फैलिएको छ । आगोलागीको कारण दानसिङ डाँडा... पुरा पढ्नुहोस

प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मालिका धुरी जाने पदमार्ग निर्माण (तस्बिर सहित)

म्याग्दी १० फागुन । म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मालिका धुरी जाने पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले मालिका–७ बिम र वडा नं ६ को दुखु हुँदै मालिका धुरी जाने पदमार्ग निर्माण गरेको हो । कार्यालयका संरक्षण... पुरा पढ्नुहोस

नेकपा (प्रचण्ड–नेपाल) को जिल्ला सचिवमा सुवेदी चयन

म्याग्दी १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव नेपाल) पक्षको जिल्ला सचिवमा नेता बालकृष्ण सुवेदी चयन हुनुभएको छ । नेकपा विभाजित बनेपछि अध्यक्ष गोविन्द पौडेल प्रचण्ड–माधव नेपाल समुहमा हुनुहुन्छ । सचिव हरिकृष्ण श्रेष्ठ ओली समुहमा लागेपछि सचिव पद खाली भएको थियो । पार्टीको केन्द्रीय सचिवालयले रिक्त भएको सचिवमा सुवेदीलाई चयन... पुरा पढ्नुहोस

प्रतिनिधिसभा विघटन गरेको विरोधमा बेनीमा नेपाल दलित मुक्ति संगठनद्धारा विरोध प्रदर्शन

म्याग्दी १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल दलित मुक्ति संगठन म्याग्दीले सोमबार बेनीमा विरोध प्रदर्शन गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल पक्षका दलित नेता तथा कार्यकर्ताहरुले बेनीमा ओलीको असंवैधानिक र प्रतिगामी कदमका विरोधमा नारा लगाएका थिए । प्रदर्शन सहित... पुरा पढ्नुहोस

सातसय बगाले थापा समाजको अधिवेशन सम्पन्न अध्यक्षमा पुन: थापा चयन 

बागलुङ  १० फागुन । सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको १८ औं साधारण सभा तथा ५ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले पुन: दल बहादुर थापाको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा छुम बहादुर थापा, धनश्याम थापा,... पुरा पढ्नुहोस

मनोरम ‘मालिकाधुरी’को महिमा (भिडियो सहित)

म्याग्दी ९ फागुन । म्याग्दीको मालिका गाउँपालिका र रघुगंगा गाउँपालिका को सिमा क्षेत्रलाई समेटिएको मालिकाधुरी । समुन्द्री सतहदेखि ३ हजार ३५० मिटर उचाईमा अवस्थित रहेको मालिकाधुरीबाट गुर्जा, धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े लगायतका एक दर्जनबढी हिमालहरुको एकैठाउँबाट अवलोकन गर्न सकिन्छ । मालिका, कालिका र जालिका गरि त्रिदेवीहरूको बास रहेको मालिकादेवी मन्दिरमा पुजा... पुरा पढ्नुहोस

ओलीको प्रतिगामी कदमका विरुद्ध बेनीमा हस्ताक्षर संकलन, अनेमसंघद्धारा प्रदर्शन (तस्बिर सहित)

म्याग्दी ९ फागुन । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी र असंवैधानिक कदमका विरुद्धमा बेनीमा नेकपाको प्रचण्ड नेपाल पक्षले बेनीमा हस्ताक्षर संकलन गरेका छन् । राष्ट्रिय युवा संघ र अनेरास्ववियू म्याग्दीको आयोजनामा बिरेन्द्रचोकमा आइतवार दिनभर हस्ताक्षर संकलन गरिएको थियो । ओलीको असंवैधानिक कदमका विरुद्धमा भनेर लेखिएको व्यानरमा नेकपाका... पुरा पढ्नुहोस

नक्कली बुवा बनेर नाबालक परिचयपत्र बनाउन खोज्ने पुरुष पक्राउ

म्याग्दी, ९ माघ । झुटा बिबरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्न धवलागिरि गाउँपालिका–३ का एक पुरुष पक्राउ परेका छन् । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । प्रहरी नायब उपरिक्षक श्याम... पुरा पढ्नुहोस