प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य

  • १० भाद्र २०७८, बिहीबार
  • 784 पटक पढिएको

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन्। शेरधन राईले पदबाट राजीनामा दिएसँगै आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। आज बिहान एमाले प्रदेश १ संसदीय दलले आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको थियो।  उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका छन्।

९३ सदस्यीय प्रदेश सभामा एमालेका प्रस्ट बहुमत छ। प्रदेश सभामा एमालेका ५२ जना सांसद रहेका छन्।