ताजा अपडेट

जेसीज सप्ताहको अवसरमा ‘मेरो विद्यालय कार्यक्रम’, ६ सय जनाको आँखा जाँच

म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत सोमबार बेनीमा मेरो विद्यालय कार्यक्रम अन्तर्गत आँखा जाँच गरिएको छ । बेनी बोडिङ स्कुलमा सञ्चालित निशुल्क आँखा परिक्षणमा विद्यालयका विद्यार्थी र शिक्षकहरु समेत गरी ६ सय जनाको आँखा परिक्षण गरिएको छ । उक्त क्रममा ३६ जनामा आँखामा... पुरा पढ्नुहोस

मालिका गाउँपालिकाले घरेलु मदिराको परीक्षण गर्ने

म्याग्दी, जेठ १२ गते । म्याग्दीको मालिका गाउँपालिकाले कोदोबाट बन्ने घरेलु मदिराको परीक्षण गर्ने प्रक्रिया अगाडी बढाएको छ । परम्परागत प्रविधि प्रयोग गरेर गाउँगाउँमा उत्पादन भएको घरेलु मदिराको परीक्षण गरी गुणस्तर कायम गर्ने भएको हो । मदिराको गुणस्तर कायम गर्न गाउँगाउँमा उत्पादन भएको मदिरालाई सङ्कलन गरी आधुनिक मेसिन मार्फत परीक्षण गरेर मदिराको... पुरा पढ्नुहोस

अन्नपूर्ण आधार शिविरमा म्याराथुन दौड प्रतियोगिता हुने

म्याग्दी १२ जेठ । अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि) आरोहणको हीरक महोत्सवको अवसरमा अन्नपूर्ण प्रथम आधार शिविरमा म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । अन्नपूर्णमा पहिलो पटक मानव पाईला टेकेको ७५ बर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको हीरक महोत्सवमा ३० किलोमिटर लामो म्याराथुन दौड हुन लागेको हो... पुरा पढ्नुहोस

जामुनाखर्क माविमा आधारभूत सौन्दर्यकला तालिम सुरु

म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेमा सञ्चालित जामुनाखर्क माध्यमिक विद्यालयमा आधारभूत सौन्दर्यकला सम्बन्धी तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग र जामुनाखर्क माविको आयोजनामा ‘हामी सक्छौं, हार्मी गर्छौं’ कार्यक्रम अन्तर्गत आइतबारदेखि तालिम सञ्चालन गरिएको हो ।  कार्यक्रमको उद्घाटन गर्दै जामुनाखर्क माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवप्रसाद सुवेदीले निःशुल्क रुपमा विद्यालयमा... पुरा पढ्नुहोस

क्षत्री समाज म्याग्दीको अध्यक्षमा बानियाँ चयन

क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको छैटौं जिल्ला अधिवेशनबाट अध्यक्षमा कृष्णसिङ बानियाँ चयन हुनुभएको छ । शनिवार सदरमुकाम बेनीबजारस्थित समाजको आफ्नै भवनमा सम्पन्न अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।    अधिवेशनबाट समाजको निवर्तमान अध्यक्षमा लक्ष्मी केसी, वरिष्ठ उपाध्यक्षमा देवेन्द्रबहादुर घिमिरे, उपाध्यक्षमा सन्जु बरुवाल,... पुरा पढ्नुहोस

सामाजिक विकास कार्यालयद्धारा अभिमुखीकरण सम्पन्न

सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा बेनीमा स्थानीय तहका महिला तथा बालबालिका शाखाका कर्मचारी तथा सामाजिक विकास समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण गरिएको छ । महिला तथा बालबालिका शाखा र सामाजिक विकास समितिको प्रभाबकारीरिता बढाउनका लागि कार्यालयले जिल्लाका ६ वटै स्थानीय तहका सम्बन्धित शाखका कर्मचारी र समितिका जनप्रतिनिधिहरुलाई सहभागि गराएर एक दिने अभिमुखीकरण... पुरा पढ्नुहोस

जेसीज सप्ताहको अवसरमा तातोपानीमा प्रभाबकारी उद्घोषणकला तालिम प्रदान

म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत आइतवार प्रभाबकारी उद्घोषणका तालिम सम्पन्न भएको छ । बेनी नगरपालिका– ४ सिंगा तातोपानीमा स्थानीय युवा क्लब, आमा समूह र सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि एक दिने उद्घोषण सम्बन्धि तालिम प्रदान गरिएको हो । तालिमको उद्घाटन गर्दै बेनी... पुरा पढ्नुहोस

रघुगंगामा ९५ जनाको मोतियाबिन्दुको सल्यक्रिया, विरामीले मनाए खुसीयाली

म्याग्दी , १० जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाकी ८१ बर्षिय सुकुमा नेपालीले तीन बर्षदेखि आँखामा मोतियाबिन्दुको समस्या देखिएपछि राम्रोसंग आँखा देख्न छाड्नु्भएको थियो । खर्चको व्यवस्थापन र ठूलो शहरमा पुगेर आँखाको सल्यक्रिया गर्ने चाँजोपाँजो मिलाउन नसकिरहेको समयमा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित निःशुल्क सल्यक्रिया सहितको आँखा उपचार शिविरमा नेपालीले... पुरा पढ्नुहोस

जेसीज सप्ताहको अवसरमा म्याग्दी जेसीज र पत्रकारबिच मैत्रिपूर्ण फुटसल

युवाहरुको नेतृत्व र ब्यक्तित्व विकाससंगै सामाजिक क्षेत्रमा सक्रिय म्याग्दी जेसीजको २७ औं स्थापना दिवसको अवसरमा म्याग्दी जेसीज र पत्रकार महासंघ म्याग्दी बिच मैत्रिपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । शनिवार विहान म्याग्दी जेसीजका पदाधिकारी तथा पूर्व अध्यक्षहरु सहभागी टिम र नेपाल पत्रकार महासंघ म्याग्दीमा आबद्ध पत्रकारहरुबिच भएको मैत्रिपूर्ण फुटसलमा ७/७... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकामा प्रशासकीय भवन निर्माण सुरु (तस्बिर/ भिडियो)

म्याग्दी, ९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सुरु भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा निशुल्क रुपमा समुदायबाट जग्गा व्यवस्थापन भएपछि पालिकाको प्रशासकीय भवन निर्माण सुरु गरिएको हो । शुक्रवार धार्मिक विधिपूर्वक पूजाआजा सहित गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रशासकीय भवनको शिलान्यास गर्नुभएको छ । गाउँपालिकाले चालु... पुरा पढ्नुहोस