सिमानामा म्याग्दी जेसीजद्धारा स्वागत बोर्ड स्थापना

  • ७ असार २०८२, शनिबार
  • 1 पटक पढिएको

म्याग्दी जेसीजद्वारा म्याग्दी र बाग्लुङ जिल्लाको सिमा क्षेत्र बेनि नगरपालिका वडा नं. १ रत्नेचौरको ढोडेनी खोला क्षेत्रमा म्याग्दी जिल्ला मा भित्रीने पर्यटक हरु लाई जिल्ला को पर्यटन प्रवर्दन तथा चिनारी को लागि स्वागत बोर्ड स्थापन गरिएको छ। म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्ति क्षेत्रीको नेतृत्वमा गएको म्याग्दी जेसीजको टोलीले म्याग्दी प्रवेश गर्ने मार्गमा म्याग्दीमा स्वागत लेखिएको बोर्ड स्थापना गरिएको हो । बोर्ड स्थापना कार्यक्रममा म्याग्दी जेसीजका शाखा अध्यक्ष घर्ति, बेनि नगरपालिका वडा नं. १ का वडा अध्यक्ष टेक बहादुर थापा, म्याग्दी जेसिज का पुर्व अध्यक्ष तथा नेपाल जेसिज का राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री, पुर्व अध्यक्ष जेसि खम थापा मगर, पुर्व अध्यक्ष तथा म्याग्दी जेसिज का कानुनी सल्लाहकार जेसि सुमन बानियाँ, निवर्तमान अध्यक्ष दिनेश बानियाँ लगायत संचालक समिती का पदाधिकारी तथा सदस्य हरु को उपस्थिति रहेको थियो । म्याग्दी जेसीजका साधारण सदस्य तथा सुष्मा खत्रीको संयोजकत्वमा बोर्ड स्थापना गरिएको थियो ।