लायन्स क्लब लभ्लीहिल र लियो क्लबद्धारा ज्ञानोदय माविमा सहयोग
- १० असार २०८२, मंगलवार
- 27 पटक पढिएको
लायन्स क्लव अफ बेनी लभ्लीहिल र लिओ क्लव अफ बेनी लभ्लीहिलले म्याग्दीको रघुगंगा गाउँपालिका – ३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयका बालबालिकाहरुलाई सहयोग गरेको हो छ । क्लबले विद्यालयका कक्षा ५ सम्मका बालबालिका र दृष्टिविहिन स्रोत कक्षाका गरी कुल ६० जना विद्यार्थीहरूलाईस टिफिन बक्स, स्टेसनरी सामग्रीहरू तथा सरसफाइका सामग्रीहरू वितरण गरेको हो ।
उक्त अवसरमा दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत प्रदान गरिएको छ । लियो क्लब अफ बेनी लभ्लीहिलका अध्यक्ष सोहन श्रेष्ठ, निवर्तमान अध्यक्ष नेत्रराज सुवेदी, सन २०२५–२६ का लागि निर्वाचित अध्यक्ष ओमप्रसाद शर्मा, संस्थापक अध्यक्ष अर्जुन पौडेल, सचिब प्रेम नेपाली र लियो क्लब अफ बेनी लभ्लीहिलका अध्यक्ष संगम चोखालले विद्यार्थीहरुलाई सामाग्री वितरण गर्नुभएको थियो । क्लबले रु १८ हजार बराबरको सामाग्री वितरण गरेको जनाएको छ । क्लब अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा आएर सामाग्रीहरु सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्नुभएको थियो । विद्यालयका प्रअ विजय शर्माको स्वागत र शिक्षक एवं क्लबका संस्थापक अध्यक्ष अर्जुन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । क्लबका सचिब नेपालीले सञ्चालन गर्नुभएर्को हिमचुली टेलरिङको तर्फबाट तीन जना विपन्न बालबालिकालाइ विद्यालय पोशाक सहयोग गर्ने जनाइएको छ ।