संरक्षक सदस्यका परिवारलाई लिड्सद्धारा अनुदानमा हाते ट्याक्टर सहयोग
- ६ असार २०८२, शुक्रबार
- 1 पटक पढिएको
म्याग्दी ६ असार । लिड्स नेपालले संरक्षक सदस्य परिवारका तीन जना कृर्षकलाई हाते ट्याक्टर अनुदानमा सहयोग गरेको छ । मानसिक रोगका विरामीको संरक्षकहरुको आयआर्जन सुधारमा आयआर्जनमुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको लिड्सले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो। बेनी नगरपालिका ४ डाँडाखेतका दिलबहादुर सार्की, बेनी नगरपालिका ५ खोरगैराका लक्ष्मी चर्मकार र बेनी नगरपालिका ९ तोरीपानीका बिक्कि खत्रीलाई आयआर्जन कार्यक्रम अन्तर्गत कृषिमा यान्त्रिकरणमा सघाउन उक्त सहयोग गरिएको लिड्स म्याग्दीका कार्यक्रम संयोजक निशा महतले जानकारी दिनुभयो । यस बर्ष लिड्सले म्याग्दीमा संरक्षक सदस्य परिवारको आयआर्जन सुधारको लागि बाख्रपालन, कुखुरापानलन, भैँसीपालन, आलु खेती विस्तारमा सघाएको छ । लिड्सले म्याग्दीका साथै बागलुङ र नवलपुरको बौदिकाली गाउँपालिकामा मानसिक रोगका विरामीको उपचार तथा उनीहरुका संरक्षकहरुको आयआर्जनमा सुधार ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।