माओवादी केन्द्र धवलागिरीको अध्यक्षमा यामन रोका

  • ११ मंसिर २०७८, शनिबार
  • 819 पटक पढिएको

म्याग्दी ११ मंसिर । नेकपा माओबादी केन्द्र धवलागिरीको अध्यक्षमा यामन रोका चयन हुनुभएको छ । मुनामा शनिबार सम्पन्न प्रथम पालिका अधिबेशनले रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी सर्बसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा झकबहादुर छन्त्याल, रिमप्रसाद थापा र होममाया बिक रहनुभएको छ ।

सचिबमा रेशम पुन, सहसचिबमा चक्र पुन र कोषाध्यक्षमा रामबहादुर खत्री चयन हुनुभएको छ । यामन रोकाको अध्यक्षता, रेशम पुनको सञ्चालन र झकबहादुर छन्त्यालको स्वागतमा अधिबेशनको उद्घाटन समारोह सम्पन्न भएको थियो ।

प्रमुख अतिथि माओवादी केन्द्रका धवलागिरी खुमनाथ सुबेदीले देशनै माओवादीको एजेण्डामा चलिरहेकाले अहिलेको अवस्था आउनुमा माओवादी जनयुद्ध र आन्दोलनको उपलब्धी भएको बताउनुभयो ।