नेपाल तरुण दल भगवतीको अध्यक्षमा अर्जुन भण्डारी

  • ११ मंसिर २०७८, शनिबार
  • 979 पटक पढिएको

म्याग्दी, ११ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. २ भगवतीमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल गठन भएको छ । शनिबार भगवती कोत मन्दिरमा भएको कार्यक्रममा अर्जुन भण्डारीको अध्यक्षतामा ८१ सदस्यीय तरुण दल वडा इकाइ समिति गठन भएको हो । समितिको उपाध्यक्षमा मोहन केसी, गोकणर् थापा, सञ्जन जिसी, सचिवमा बालकृष्ण भण्डारी, सुरेस केसी, सह-सचिव रमेश परियार, कृष्ण परियार, गणेश खत्री र कोषाध्यक्षमा कोपीला परियार सहित ८१ सदस्यीय वडा इकाइ समिति गठन भएको हो ।

कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका उपसभापति तथा बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले पछिल्लो समय नेपाली काँग्रेसमा युवाको आर्कषण बढेको बताउदै अबको काँग्रेसको राजनितिमा युवाहरुले महत्वपूणर् भुनिका रहने बताउनुभयो । उहाँले नवगठित तरुण समितिलाई बधाई तथा शुभकामना दिुनभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति कणर्बहादुर भण्डारी (केबी) अन्नपूणर् गाउँपालिका प्रमुख क्या डमबहादुर पुन, रघुगंगा गाउँपालिका प्रमुख, भवबहादुर भण्डारी, समाजसेवी देबेन्द्रबहादुर मल्ल, नेपाल विद्यार्थी संघका सभापति निर्मल खत्री, रघुगंगा गाउँपालिका वडा न ३ का सभापति अशोक शाही, बेनी नगरपालिका वडा न ७ का सभापति रमेश श्रेष्ठ, रघुगंगा पालिका ३ का वडा अध्यक्ष तथा पालिका निवर्तमान सभापति जिबन कुमार मल्ल, बेनी नगर समितिका सभापति रबिन्द्र कार्की, महाधिवेशन प्रतिनिधि मनकुमारी विश्वकर्मा, महाधिवेशन प्रतिनिधि चिरञ्जीवी शर्मा, प्रदेश निर्वाचन क्षेत्र क का उपसभापति सुजन बरुवाल, तरुण दल निर्वाचन क्षेत्र क का संयोजक असल केसी, तरुण दल सभापति तथा महाधिवेशन प्रतिनिधि मुकुन्द छन्त्याल लगायतले बोल्नुभएको थियो ।

वडा इकाइ समिति सभापति राजकुमार भण्डारीको अध्यक्षता, गाउँपालिका सभापति मनकुमार शेरपुजाले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न पार्टीका दुई दर्जन युवा नेपाली काँग्रेस प्रवेश गरेका थिए ।