म्याग्दीका पाँच पालिकामा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन, युवाहरुको बर्चश्व

  • १२ मंसिर २०७८, आईतवार
  • 736 पटक पढिएको

बेनी, १२ मंसिर । नेकपा (माओवादी केन्द्र ) को पालिका अधिवेशन अन्तर्गत एक नगरपालिका र चार गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । वडा अधिवेशन सम्पन्न गरेर शनिवार भएको पालिका अधिवेशनबाट बेनी नगरपालिका सहित रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिका गरि पाँच वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

बेनी नगर कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा सेरबहादुर केसी निर्बिरोध निर्बाचित हुनुभएको छ । रघुगंगाको अध्यक्षमा हरि भण्डारी, मंगलाको अध्यक्षमा यामबहादुर रोका, मालिकाको अध्यक्षमा दोरण शेरचन र धवलागिरिको अध्यक्षमा यामन रोका चिर्वाचित हुनुभएको नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक रेशम जुग्जालीले जानकारी दिनुभयो । उहाँका अनुसार, अन्नपूर्ण गाउँपालिका कमिटीको अधिवेशन भने केहि दिनपछि मात्रै तय हुने भएको छ ।

माओवादीको पालिका अधिवेशनबाट नेतृत्वमा युवाहरु पुगेका छन् । चार वटै गाउँपालिकाका अध्यक्ष युवा हुनुहुन्छ । वडा र पालिका कमिटीको नेतृत्वमा युवाहरुको बर्चश्व रहेको जिल्ला संयोजक जुग्जालीले बताउनुभयो । ‘‘ विद्यानमा व्यवस्था गरे बमोजिमको समावेशी प्रतिनिधित्व छ, वडादेखि पालिकासम्म कमिटीमा चिर्वाचित भएकाहरु अधिकाँश युवाहरु छन, पार्टीमा युवाहरुको आकर्षणले जिल्लामा पार्टी थप बलियो बन्ने विश्वास लिएका छाँै’’–उहाँले भन्नुभयो ।

शेरबहादुर केसी अध्यक्ष रहनु्एको बेनी नगर कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिमबहादुर पुन, अम्बिका ढुङ्गाना, सचिबमा ज्ञानेन्द्र सुबेदी, कोषाध्यक्षमा पदम किसान र सहसचिबमा किसान बिक चयन हुनुभएको छ । हरी भण्डारी अध्यक्ष निर्वाचित हुनुभएको रघुगंगा गाउँपालिका कमिटीको उपाध्यक्षमा टेककुमारी खत्री, इन्द्रबहादुर मगर, सुनिल सुनार, सचिबमा भविन्द्र शेरपुञ्जा, सह–सचिबमा कर्ण राना निर्वाचित हुनुभएको निर्वाचन अधिकृत श्रीकृष्ण रिजालले जानकारी दिनुभयो ।

यामबहादुर रोका अध्यक्ष चयन हुनुभएको मंगला गाउँपालिका कमिटीको उपाध्यक्षमा कुलप्रसाद पुन, मोहनलाल सापकोटा, सुकमाया रोका, सचिबमा तिर्थलाल बिक, सहसचिबमा मनमाया चोचाङ्गे र कोषाध्यक्षमा मोतिलाल पौडेल चयन हुनुभएको छ । मालिकामा दोरण शेरचनको अध्यक्षतामा ५५ सदस्यीय कमिटी निर्बाचित हुनुभएको छ ।

कमिटीको उपाध्यक्षमा दुर्गा फगामी, गौरी सेञ्चुरी, बुद्धीबहादुर जुग्जाली, सचिबमा धनकुमार पाईजा, सहसचिबमा शिब दर्जी र कोषाध्यक्षमा खड्ग छन्त्याल चयन हुनुभएको छ । त्यसैगरि धवलागिरिमा यामन रोका अध्यक्ष, झकबहादुर छन्त्याल, रिमप्रसाद थापा र होममाया बिक उपाध्यक्ष, रेशम पुन सचिब, चक्र पुन सह–सचिब र रामबहादुर खत्री कोषाध्यक्षमा चयन हुनुभएको छ ।