जलजलामा दिपक आचार्यको नेतृत्वमा माओवादी केन्द्र 

  • ११ मंसिर २०७८, शनिबार
  • 976 पटक पढिएको

 

पर्वत, ११ मंसिर । नेकपा माओवादी केन्द्र जलजला गाउँपालिकाको अध्यक्षमा दिपक आचार्य चयन हुनुभएको छ । मिलनचोकमा शनिबार सम्पन्न प्रथम पालिका अधिबेशनबाट आचार्यको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन भएको हो । उपाध्यक्षमा दुर्गाबहादुर दर्जी, गौबहादुर पुन र सीता मल्ल चयन हुनुभएको छ । सचीबमा सोम जिसि, सह सचिब रबिन जिसि र कोषाध्यक्ष पुणर् दर्जी चयन हुनुभएको छ ।

प्रदेश प्रतिनिधिमा सीता मल्ल, भबिसरा बिक, दुर्गाबहादुर दर्जि, दिपक आचर्य, सौगात आचार्य, टुंगनाथ शर्मा, बाबुराम कार्की, सोम जिसि र गौबहादुर पुन चयन हुनुभएको छ । माओवादी केन्द्रको देशभर सम्मेलन गर्ने कार्यक्रम अन्तरगत पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुल माध्यमबाट सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।

अधिबेशनमा माओवादी केन्द्रको पर्बत जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेश सचिवालय सदस्य सुदिप कुवरले माओवादीको नेतृत्वमा भएका उपलब्धीलाई स्थापित र संस्थागत गर्नुपर्ने बताउनुभयो । पार्टीका अग्रज, सहिद परिवार लाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

नेपाली काँग्रेस जलजलाका सचिब नबिन जिसीले गरिब, दलित र सर्बहारा बर्गको प्रतिनिधित्व गर्ने पार्टी बन्न माओवादीलाई शुभकामना दिनुभयो । एमाले जलजलाका उपाध्यक्ष बाबुराम कार्कीले कम्युनिष्ट पार्टीहरुबीच एकता सफल नभएपनि सहकार्य जारी राख्नुपर्ने बताउनुभयो ।