माओवादी केन्द्रको म्याग्दी–काठमाडौ सम्पर्क मञ्चमा रोका

  • १२ मंसिर २०७८, आईतवार
  • 719 पटक पढिएको

काठमाडौ, १२ मंसिर । नेकपा माओवादी केन्द्र निकट काठमाडौमा बस्दै आएकाहरु आवद्ध म्याग्दी काठमाडौ सम्पर्क मञ्चको शनिबार पहिलो अधिबेशन भएको छ ।अधिबेशनले याममति रोकाको अध्यक्षतामा २९ सदस्यीय कमिटी चयन गरेको छ । उपाध्यक्षमा अमर खत्री, बिल पुर्जा, दिल बुढाथोकी, सचिबमा मनप्रसाद कडेल, सहसचिबमा ओमकार खत्री र कोषाध्यक्षमा सुवास खड्का रहनुभएको छ ।

सम्पर्क मञ्चलाई माओवादी केन्द्रले पालिका कमिटी सरहको मान्यता दिएको छ । राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता र बिशेष प्रदेश सदस्य अर्जुन थापाको आतिथ्यतामा अधिबेशन भएको थियो ।