ताजा अपडेट

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

[caption id="attachment_60611" align="alignnone" width="900"] फाइल तस्वीर[/caption] पोखरा १५ जेठ । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय... पुरा पढ्नुहोस

खरको घर (तस्वीर)

बेनी, १५ जेठ : म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको छेपारेमा स्थनीयबासीको खरले छाएको घर । ग्रामिण भेगमा अझै पनि परम्परागत खरले छाएका घरहरु भेटिन्छन् । जंगलमा खर घाँसलाई काटेर सुकाएर घर छाउने गरिन्छ । गरिब र विपन्न परिवारका व्यक्तिहरुले ढुंगा र टिन किनेर छाउन नसक्ने भएकाले खरले छाउनुपर्ने बाध्यता छ ।... पुरा पढ्नुहोस

लोमान्थाङमा सडक बत्ती जडान

मुस्ताङ १५ जेठ । माटोको पर्खालले घेरिएको मुस्ताङको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक र सांस्कृतिक बस्ती लोमान्थाङमा सडक बत्ती जडान भएको छ ।लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत रहेको लोमान्थाङका चोक र सडक छेउमा सडक बत्ती जोडेर रातको समयमा उज्यालो बनाइएको हो । अमेरिकन हिमालयन फाउण्डेशनको आर्थिक सहयोगमा लोमान्थाङ गाउँपालिका र जिग्मे फाउण्डेशनको समन्वयमा... पुरा पढ्नुहोस

म्याग्दीमा ड्रागन फ्रुटको खेती (तस्वीर)

बेनी, १५ जेठ : म्याग्दीको बेनी नगरपालिका– ४ सिंगामा हरियाली ग्रुपमा गरिएको ड्रागन फ्रुटको खेती । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

सोमबार बेनीमा निःशुल्क दन्त शिविर हुने

बेनी, १४ जेठ । म्याग्दी जेसिजको २४ औं स्थापना दिवसको अवसरमा सोमबार निःशुल्क दन्त शिविर आयोजना गरिएको छ । म्याग्दी जेसिजद्वारा ‘जेसिज सप्ताह’ कार्यक्रम अन्तरगत १६ गते बेनीस्थित रहेको बेनी संजिवनी हेल्थ क्लिनिकमा निःशुल्क दन्त शिविर गरिएको हो । जेसिजको आयोजना र बेनी संजिवनी हेल्थको प्राविधि सहयोगमा हुने दन्त शिविरमा... पुरा पढ्नुहोस

नेफस्कूनद्वारा बेनीमा सहकारीको कार्यकुशलता तथा सिकाई सम्वन्धी अन्तरक्रिया

म्याग्दी, १४ जेठ । सहकारीको जोखिम न्यूनिकरण गर्नका लागि तेस्रो कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला शनिबार बेनीमा गरिएको छ । सदरमुकाम बेनीमा रहेका न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र नेफस्कूनको प्राविधिक सहयोगमा गण्डकी प्रदेश भित्रका नेफस्कुनमा आवद्ध १४ सहकारीका अध्यक्ष र प्रवन्धक लगायतको उपस्थितमा सहकारीको जोखिम न्यूनिकरण... पुरा पढ्नुहोस

लोमान्थाङमा ‘तिजी’को रौनक

मुस्ताङको लोमान्थाङमा शुक्रबारदेखि ऐतिहासिक र सांस्कृतिक महत्वको ‘तिजी’ पर्व मनाउन सुरु भएको छ । लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्बिर अङ्कित ठूलो आकारको थाङ्का प्रदर्शनी र धार्मिक विधिअनुसार पूजाआजा गरेर तिजी पर्व मनाउन थालेका हुन् । दुई तले घर बराबरको उचाइ भएको थाङ्का वर्षको एक दिन मात्र दरबारबाट बाहिर... पुरा पढ्नुहोस

गोरु काट्दै गरेको अवस्थामा नौ जना पक्राउ

म्याग्दी, १४ जेठ । म्याग्दीमा गोरु काट्दै गरेको अवस्थामा नौ जना पक्राउ परेका छन् । मालिका गाउँपालिका–६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा सोही गाउँपालिका–६ दुखुबेसीका नौजनालाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई दुईवटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी... पुरा पढ्नुहोस

मोना पोर्चुगलद्धारा राष्ट्रिय आविष्कार केन्द्रलाई ५ हजार युरो आर्थिक सहयोग

लिस्वन । पोर्चुगलस्थित रहेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको। मोना पोर्चुगलद्वारा मंगलबार राजधानी लिस्वनमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महाविर पुनलाई पाँच हजार युरो भन्दा बढि सहयोग उपलब्ध गराएको हो । युरोप भ्रमणमा रहनु भएका पुनले मोना पोर्चुगलबाट प्राप्त आर्थिक... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक अन्तरगत कैकुखोला–खन्ती खण्ड कालोपत्रे

म्याग्दी, १३ जेठ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्ड कालोपत्र भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रको काम सकिएको हो । एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोला–खन्ती खण्डमा पहिलोपटक कालोपत्र भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका... पुरा पढ्नुहोस