स्वास्थ्य कार्यालयको बार्षिक समिक्षा

  • १२ भाद्र २०७९, आईतवार
  • 565 पटक पढिएको

 

बेनी, १२ भदौ । स्वास्थ्य कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७८/०७९ मा भएका स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय बार्षिक समिक्षा गोष्ठी गरेको छ ।  दुईदिनसम्म संचालन हुने समिक्षा गोष्ठीमा स्वास्थ्य कार्यालय, बेनी अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र स्थानीय तहका स्वास्थ्य संयोजक तथा सहसंयोजकहरुको सहभागिता रहेको छ ।
कार्यालयको बार्षिक गतिविधि कार्यालय प्रमुख एकनारायण लम्सालले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसीले गाउँ–गाउँमा रहेका स्वास्थ्य शाखाबाट जनताले पाउने सेवाहरु गुणस्तर र भरपर्दो बनाउनमा सबैले ध्यान दिन आग्रह गर्नुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले ग्रामिण भेगका स्वास्थ्य चौकीमा म्याद सिद्धिन् लागेका औषधी पुग्ने गुनासो आएको बताउदै यसमा ध्यान दिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभएको थियो ।