ताजा अपडेट
अनेमसंघ म्याग्दीद्वारा जिल्ला कमिटीलाई प्रशिक्षण
- 2 बर्ष, 11 महिना अगाडि
- १ श्रावण २०७९, आईतवार
बेनी, १ साउन । अखिल नेपाल महिला संघ जिल्ला कमिटी म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘सामाजिक सुरक्षा र रोजगार, सम्पूर्ण क्षेत्रमा समान अधिकार’ भन्ने मूल नारासहित अनेमसंघले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुलाई लक्षित गरी प्रशिक्षण आयोजना गरेको थियो । हिँजो र आज... पुरा पढ्नुहोस
म्याग्दीका स्थानीय तहमा ५ करोड ४ लाख बेरुजु
- 2 बर्ष, 11 महिना अगाडि
- ३२ असार २०७९, शनिबार
म्याग्दी, ३२ असार । म्याग्दीका स्थानीय तहमा ५ करोड ४ लाख ३५ हजार रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९ औँ बार्षिक प्रतिवेदनअनुसार आर्थिक बर्ष २०७७/०७८ मा मात्रै म्याग्दीका ६ स्थानीय तहमा सो रकम बराबरको बेरुजु देखिएको हो । उक्त आवमा म्याग्दीको मालिका गाउँपालिकाको सबैभन्दा धेरै र... पुरा पढ्नुहोस
राष्ट्रियस्तरको राष्ट्रपति कपमा पदक जित्ने खेलाडीलाई सम्मान
- 2 बर्ष, 11 महिना अगाडि
- ३२ असार २०७९, शनिबार
बेनी, ३२ असार । जिल्ला खेलकुद विकास समिति म्याग्दीले राष्ट्रियस्तरको राष्ट्रपति कपमा पदक जितेका म्याग्दीका खेलाडीलाई सम्मान गरेको छ। गण्डकी प्रदेशबाट राष्ट्रियस्तरको राष्ट्रपति कपमा सहभागि भएर पदक दिल्याएका म्याग्दीका खेलाडीलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, गण्डकी प्रदेश खेलकुद समिति सदस्य चन्दा घले,... पुरा पढ्नुहोस
बागलुङ नगरले जारी ग¥यो श्वेतपत्र
- 2 बर्ष, 11 महिना अगाडि
- ३१ असार २०७९, शुक्रबार
बागलुङ ३१ असार । बागलुङ नगरपालिकाले नगरको समग्र स्थिति झल्काउने गरी श्वेतपत्र जारी गरेको छ । नगरपालिकाद्वारा आज आयोजित श्वेतपत्र सार्वजनिकीकरण समारोहमा नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक, प्रशासनिकलगायत क्षेत्रको यथार्थ अवस्थाको जानकारीका लागि श्वेतपत्र सार्वजनिक गरिएको बताउनुभयो । समृद्ध नगरको लक्ष्य हासिलका लागि वार्षिक, मध्यकालीन र दीर्घकालीन योजना... पुरा पढ्नुहोस
अनुदान नपाउँदा पहिरोपीडित समस्यामा
- 2 बर्ष, 11 महिना अगाडि
- ३१ असार २०७९, शुक्रबार
म्याग्दी ३१ असार । निजी आवास पुनःनिर्माणवापत सम्झौताअनुसारको अनुदान वितरणमा ढिलाइ हुँदा म्याग्दीका पहिरोपीडित समस्यामा छन् । जिल्ला विपद् व्यवस्थापन समिति र पालिकाले अनुगमन नगर्दा घर पुनःनिर्माण गरिसकेका दुई वर्षअघिका मनसुनजन्य विपद्का पीडितले दोस्रो र तेस्रो किस्ता पाउन सकेका छैनन् । आवास पुनःनिर्माण गरे पनि राज्यका तर्फबाट सम्झौताअनुसारको रकम वितरणमा... पुरा पढ्नुहोस
उपसभामुखमा पुष्पा भुसाल निर्वाचित
- 2 बर्ष, 11 महिना अगाडि
- ३१ असार २०७९, शुक्रबार
काठमाडौं, ३१ असार। प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो । उनको प्रतिस्पर्धी उम्मेद्वार नेकपा एमालेकी विद्या भट्टराईले ९३ मत प्राप्त गरेकी थिईन । उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई... पुरा पढ्नुहोस
बेनी–दरबाङ सडकमा कालोपत्रे भएको सडकको भाडा समायोजन
- 2 बर्ष, 11 महिना अगाडि
- ३१ असार २०७९, शुक्रबार
म्याग्दी ३१ असार । म्याग्दीको बेनी–दरबाङ सडकमा सञ्चालित सार्वजनिक यातायातको भाडा समायोजन गरिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाको अध्यक्षतामा बसेको भाडादर निर्धारण समितिको बैठकले बेनी–दरबाङ सडक अन्तरगत कालोपत्रे सम्पन्न भएको खण्डमा भाडा समायोजन गर्ने निर्णय गरेको हो । कालोपत्रे भएको खण्डमा साविकको भाडामा पचास... पुरा पढ्नुहोस
स्वास्थ्य कार्यालयको बार्षिक प्रगति विवरणको समिक्षा
- 2 बर्ष, 11 महिना अगाडि
- ३० असार २०७९, बिहीबार
बेनी, ३० असार । स्वास्थ्य कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७८/०७९ मा गरेका कार्य प्रगति विवरणको समिक्षा गरेको छ । विहिबार कार्यालयले पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रम आयोजना गरी बार्षिक प्रगति सार्वजनिक तथा छलफल गरेको हो । यस आर्थिक बर्षमा कार्यालयले कुल ६ करोड १८ लाख २६ हजार रुपैयाँ बजेटमध्ये ४ करोड ६३... पुरा पढ्नुहोस
सामाजिक विकास कार्यालयको बार्षिक समिक्षा
- 2 बर्ष, 11 महिना अगाडि
- ३० असार २०७९, बिहीबार
म्याग्दी ३० असार । सामाजिक विकास कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७८÷०७९ मा सम्पादन गरेका कार्यक्रम तथा योजनाहरुको बार्षिक समिक्षा गरिएको छ । विहिवार कार्यालयले स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुबिच सामाजिक क्षेत्रका समसामयिक सवालहरुको सन्दर्भमा अन्तरक्रिया एवम बार्षिक समिक्षा कार्यक्रम आयोजना गरि कार्यालयबाट भएका गतिविधि र उपलब्धिहरुको बारेमा जानकारी गराएको हो... पुरा पढ्नुहोस
चरन बाट घर लैजादै बाख्रा (तस्विर)
- 2 बर्ष, 11 महिना अगाडि
- २९ असार २०७९, बुधबार
वेनी २९ असार : म्याग्दीको धवलागिरि गाउँपालिका ७ धारापानीमा चरन क्षेत्रवाट बाख्राहरु लाइ घर लैजादै गरेका स्थानीय । यहाँका किसानले बाख्रापालनलाई व्यावसायिक बनाएका छन् । तस्विरः कमल खत्री पुरा पढ्नुहोस