नवौं राष्ट्रिय खेलकुदः भोलिदेखि म्याग्दीमा सुरु हुने महिला भलिबल र तेक्वान्दोको तयारी पुरा

  • २६ आश्विन २०७९, बुधबार
  • धिरन खत्री
  • 645 पटक पढिएको

 

म्याग्दी, २६ असोज । भोलि देखि सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा हुने महिला भलिबल र तेक्वान्दोको तयारी पुरा भएको छ। जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यास स्थलको व्यवस्थापन गर्दै तयारी पुरा गरेको हो ।

समितिका अध्यक्ष दिनेश केसीले स्थानीय तह र जिल्ला भलिवलको संघको सहयोगमा बेनीको खुल्ला मञ्च खेलमैदानमा दुई वटा भलिबलको कोर्ट निर्माण र जिल्ला खेलकुद विकासको कर्वड हलमा तेक्वान्दोको पुर्वाधार तयार गरिएको जानकारी दिनुभएको छ ।

महिला भलिबलमा सात प्रदेशसहित नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीका खेलाडीहरू बेनीमा आइसकेको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले बताए । महिला भलिवल अन्तरगत बेनीमा आएका खेलाडीहरु अभ्यासमा ब्यस्त छन् ।

प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई होटल व्यवसायी संघको समन्वयमा खेलाडीलाई राख्ने होटल व्यवस्थापन गरिएको छ । प्रतियोगितामा सहभागि अतिथि सत्कार, सरसफाई, झाँकी प्रदर्शनीका लागि ब्यानर र तोरण टाकेर बेनी बजार सिगारिएको छ । २७ गते हुने उद्घाटनमा खेलाडीसहित जिल्लाको पहिचान भल्कने झाँकी प्रर्दशन गरिने छ ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l